गण्डक न्युज पोखरा, ९ वैशाख / युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले दुई बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् ।
मन्त्री विश्वकर्माले आइतबार दलित तथा जनजाती परिवारका छोराछोरी मध्ये १ जना छात्र र १ जना छात्राको अभिभावकत्व लिदै माध्यमिक तहसम्मको शिक्षा प्रदान गर्ने घोषणा गरे । उनले कास्कीको अघौँ घर भई हाल आफ्न्तको घरमा पोखरा —१९ घार्मी बस्दै आएका ८ वर्षिय विशाल सुनार र म्यादी घर भई हाल घार्मीमा नै बस्दै आएकी ८ वर्षिया रेखा पुनको अभिभावकत्व ग्रहण गरेका हुन् ।
स्थानिय महेन्द्र मा.वि मा आयोजित कार्यक्रममा मन्त्री वि.कले विद्यालय सामाग्री सहित नगद १० हजार रुपैँया विद्यालयका प्रधानध्यापक बासुदेव पौडेललाई हस्तान्तरण गरे ।
भर्ना अभियानमा बोल्दैै मन्त्री वि.कले शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मेवारी राज्यले लिनुपर्ने बताए। उनले शिक्षा र स्वास्थ्य मौलिक हक भएको उल्लेख गर्दै शिक्षामा देखिएको विभेदलाई अन्त्य गर्न सरकार लागि परेको बताए ।
त्यस अवसरमा मन्त्री वि.कले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आफूले पहल गर्ने जानकारी दिए । मन्त्री वि.कसँग विद्यालय व्यावस्थान समितिका अध्यक्ष डुडिराज पौडेल र प्रधानध्यापक बासुदेव पौडेलले शिक्षक दरबन्दी न्यून रहेको, खेल मैदानको अभाव लगायतका विषयमा अवगत गराएका थिए । उनीहरुले मन्त्रीलाई ज्ञापन पत्र समेत बुझाए ।

जन्म थलो घार्मी पुगेका मन्त्री वि.कसँग अमला विसौनी घार्मी आलेवारी अम्बरेश्वर ग्रार्मिण सडक उपभोक्ता समिति र वृहत लामाचौर खानेपानी आयोजनाले विविध समस्याका विषयमा ध्यानकर्षण गराएका छन् । समितिका सचिव डिल्लीराम पौडेलले सडक र खानेपानी निर्माणमा बजेट विनियोजनको पहल गरिदिन अग्रह गर्दै ध्यानकर्षण पत्र बुझाएका थिए । सरकारको भर्ना अभियानलाई सघाउन र परिवारिक भेटघाटका लागि पोखरा आएका मन्त्री वि.क आइतबार नै काठमाण्डौ फर्के ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
स्याङ्जाका सबै पालिकामा रास्वपाको नयाँ नेतृत्व चयन
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
पृथ्वीनारायण क्याम्पस इतिहास विभागमा शोधपत्र प्रस्ताव लेखन कार्यशाला