गण्डक न्युज पोखरा, ९ वैशाख / पोखरा १४ को तल्लो सिमलबोटमा शनिबार ३ सय ६२ जनाको सित्तैमा रगत जाँच गरिएको छ । गलेश्वर युवा क्लब र तल्लो सिमलबोट टोल विकास संस्थाले सो क्षेत्रमा रहेका अन्य संघ, संस्थाको सहकार्यमा शिविर आयोजना गरेका हुन् ।
पोखरा, सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा भएको कार्यक्रममा मधुमेह तथा रगतमा हुने खराब बोसोसम्बन्धी रगत जाँच गरिएको हो । शिविरमा स्वस्थ्य जीवनशैली र उपचारका पद्धतिबारे डा. रामचन्द्र काफ्लेले प्रकाश पारे । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. काफ्लेले रोग लाग्नुपूर्व नै सतर्कता र सुरुमै उपचारमा ध्यान नदिँदा बिरामीले हैरानी व्यहोर्नु परिरहेको उल्लेख गरे ।
उनले जीवनशैलीमा आएको परिवर्तन, लापरवाहीपूर्ण खानपान र असावधानीले विभिन्न प्रकारका रोगहरु बढिरहेको बताए । उनले भने, रोगहरु लागिसकेपछि पनि धेरै रोग निको हुन्छन्, नहुने रोगहरुलाई पनि सन्तुलनमा राखेर दीर्घ जीवन बाच्न सकिन्छ ।

युआरएलका प्रवन्ध निर्देशक ठाकुरप्रसाद पन्तले नेपाली समाजलाई सहज रुपमा स्वास्थ्य सेवा दिन शिविर र विभिन्न प्रकारका छुट उपलब्ध गराइएको बताए । युआरएलले विभिन्न संघ, संस्थाको सहकार्यमा गरेको यो ४९ औं शिविर हो । यस्ता शिविरबाट हालसम्म करिब ३० हजारले सेवा लिएको उनले जानकारी दिए । उनले भने, युआरएल नाफामुखीमात्र छैन, सेवामुखी र सामाजिक उत्तरदायी पनि छ । सर्वसाधारण बढी पीडित हुने रोगका जटिल परीक्षणहरु समेत सर्वसाधारणलाई सुलभ तवरले दिने प्रयत्नमा हामी छौं ।
तल्लो सिमलबोट टोल विकास संस्थाका संस्थापक अध्यक्ष ललितबहादुर भण्डारीले समाजलाई स्वस्थ बनाउने दायित्व सबैको भएको बताए ।
तल्लो सिमलबोट टोल विकास संस्थाका अध्यक्ष प्रेमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गलेश्वर युवा क्लबका अध्यक्ष आशीष भण्डारी र सञ्चालन गलेश्वर युवा क्लबका सचिव नवराज गिरी र तल्लो सिमलबोट टोल विकास संस्थाका सचिव भरतबहादुर थापाले संयुक्त रुपमा गरेका थिए ।
सम्बन्धित खबर
नयाँ वर्षमा प्रदेश प्रमुख भट्टको शुभकामना सन्देश
सञ्चारिक समूह गण्डकीको अध्यक्षमा राधिका सर्वसम्मत
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?