पोखरा, ९ बैशाख । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ४ को अध्यक्ष सहित सबै पदाधिकारी निर्विरोध निर्वाचित हुने पक्का भएको छ। आन्दोलनका बाबजुद पनि मनोनयनमा आवश्यक सबै पदमा उम्मेद्वारी परेकाले अध्यक्ष सहित २१ जनाको सबै पदाधिकारी निर्विरोध निर्वाचित हुने पक्का भएको हो ।
सोमबार अपराह्न ४ बजेसम्म दाबी बिरोधमा कसैको उजुरी नपरे अध्यक्ष सहितका पदाधिकारीहरु निर्विरोध निर्वाचित हुने निर्वाचन समितिका संयोजक सुरेन्द्र थापा मगरले बताए । उनका अनुसार उम्मेद्वारी दिएका २१ जनामा कसैको दाबी बिरोध नपरेको खण्डमा भोलि (सोमबार) मात्र निर्वाचन समितिले निर्वाचित भएको औपचारिक रुपमा घोषणा गर्नेछ । क्रान्तिकारी पत्रकार संगठन लगायत पत्रकारका केहि संगठनहरुले सिण्डिकेट गरेर ३ ठूला संगठनले मात्र पद बाँडफाँड गरेको बिरोध जनाउदै निर्वाचन कार्यालय तोकिएको पत्रकार महासंघ कास्कीको भवनमा शुक्रबार विहान ११ बजे देखि तालाबन्दी गरेपछि अन्ततः बाहिर चौरमै टेवल राखि मनोनयन गरिएको थियो ।
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ४ को अध्यक्षमा त्रिभुवन पौडेल (कास्की) निर्विरोध भएका छन् । पत्रकार महासंघ कास्कीको उपाध्यक्ष रहेका उनले केहि दिनअघि राजिनामा दिएर प्रदेशको अध्यक्षमा उम्मेद्वार बनेका हुन् । उनी प्रेस सेन्टरमा आवद्ध रहेका छन् ।
त्यसै गरी उपाध्यक्ष खुल्लामा नारायणप्रसाद शर्मा (नवलपुर), समावेशी उपाध्यक्षमा शान्ती गुरुङ (कास्की), महासचिवमा गणेश पौडेल (पर्वत), सचिवमा ईन्द्रप्रसाद पौडेल (कास्की), समावेशी सचिवमा रुद्र श्रीस मगर (कास्की) र कोषाध्यक्षमा दीपक भट्टराई (नवलपुर) को उमेदावरी परेको छ ।
त्यस्तै, सदस्यहरुमा खुल्ला तर्फ खेमबहादुर सारु (कास्की), गोविन्दप्रसाद सुवेदी (कास्की), वसन्तप्रसाद अधिकारी (कास्की), राजेन्द्र न्यौपाने (गोर्खा), रामजीप्रसाद लम्साल (कास्की), सन्तोष गौतम (म्याग्दी), सुशीलबाबु श्रेष्ठ (गोर्खा) उमेदवार दिएकाछन । खुल्ला सदस्य ५ जनाको मात्रै भएपनि मधेशी कोटामा कसैको पनि उम्मेद्वारी नपरेकाले सो कोटा खुल्लामा थपिएकाले सातै जना निर्विरोध चयन हुने भएको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी महिला सदस्यमा अञ्जना तिमिल्सिना (तनहुँ), कमला केसी (लमजुङ) र रबिना ढकाल पौडेल (तनहुँ), दलित सदस्यमा राजेश सोनाम (नवलपुर), आदिवासी जनजाति सदस्यमा शिला गुरुङ (कास्की), संगमकुमार घर्ती (बागलुङ) र अल्प संख्यक सदस्यमा शेष मोहम्मद हनिफ (गोरा मिया) तनहुँ चयन हुने भएका छन् ।
महासंघको प्रदेश ४ मा अध्यक्ष सहित समावेशी सचिव, कोषाध्यक्ष र ४ सदस्य प्रेस सेन्टर, उपाध्यक्ष र ४ सदस्य प्रेस युनियन र समावेशी उपाध्यक्ष, महासचिव, खुल्ला सचिव र ६ सदस्य प्रेस चौतारीले लिने गरी बाँडफाँड गरेका थिए । स्वतन्त्र पत्रकार संघले आदिवासि जनजातिमा उम्मेद्वारी दर्ता गर्दा निर्विरोध निर्वाचित हुने भएको छ । श्रमजिवि पत्रकारको छाता संगठनको रुपमा रहेको महासंघमा प्रदेश नम्बर ४ को उमेदवार दिनको लागि पनि चर्को शुल्क निर्धारण गरिएको थियो । प्रदेशको अध्यक्षमा ७ हजार, पदाधिकारीको लागि ५ हजार र अन्य सदस्यलाइ ४ हजार शुल्क राखिएको थियो । अध्यक्षले महासंघमा आवद्धता भएको कम्तिमा ७ बर्ष र अन्य पदको लागि ५ बर्ष निरन्तर पत्रकारिता गरेको हुनुपर्ने प्राबधान रहेको थियो ।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ