ट्याक्सी ठोकेर भाग्ने क्रममा मोटरसाइकलसँग ठक्कर

ट्याक्सी ठोकेर भाग्ने क्रममा मोटरसाइकलसँग ठक्कर

acc scooty (2)

गण्डक न्युज पोखरा, ११ वैशाख । सवारी चालक अनुमति पत्र नभएको युवकले एक पछि अर्को सवारी ठक्कर दिँदा आफू समेत घाईते हुन पुगेका छन् ।

महेन्द्रपुलबाट पृथ्वीचोक तर्फ गईरहेको ग४प ७४२५ नम्बरको स्कुटरका चालक रोशन श्रेष्ठले अगाडि गुडिरहेको ट्याक्सीलाई पछाडिबाट ठक्कर दिएका थिए ।

ट्याक्सी चालकले रोक्न खोज्दा खोज्दै झनै स्पीड बढाएर भागेका रोशनले रोजिना अफसेट प्रेसतर्फ मोडिन लागेको ग १० प ४८६३ नम्बरको स्प्लेन्डर बाइकलाई ठक्कर दिन पुगेका थिए । बाइकका चालक विवेक कँडेलको गोडामा चोट लागेको छ । स्कुटरमा क्षति पुगेको छ भने ट्याक्सी समेत कुच्चिएको प्रत्यक्षदर्शी राजन श्रेष्ठले बताए ।

घटना लगत्तै प्रहरी सहायक निरीक्षक काजीमान खत्री लगायतको टोली पुगेर दुर्घटनामा संलग्न सवारी र चालकलाई नियन्त्रणमा लिएको थियो । रोशनको लाइसेन्स नभएको खुलेको छ । सोहि कारण उनी भाग्दा अर्कोलाई ठक्कर दिन पुगेको उनले स्विकारेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ