पोखरा । दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतना जगाउने उद्देश्यले कास्कीमा सञ्चालन भएको ट्राफिक सप्ताह कार्यक्रम सकिएको छ ।
‘पैदल यात्रा गर्दा फुटपाथको प्रयोग गरौं, ट्राफिक नियम जानौं पनि मानौं पनि’ भन्ने मुल नाराका सञ्चालित उक्त सप्ताहव्यापी कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, माछापुच्छ्रे बैंक र रेडक्रस सोसाइटी कास्कीले संयुक्त रुपमा आयोजना गरेका थिए ।
प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी कास्कीका सभापति डोलराज पाण्डेले मानव जिवन सबैभन्दा अमुल्य भएकाले जिवन रक्षाका लागि दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले गरिरहेको सेवा प्रवाहमा थप टेवा पु¥याउने उद्देश्यले सहकार्य गरेको बताए ।
कार्यक्रमको अध्यक्षता समेत गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालय कस्कीका प्रमुख प्रहरी निरीक्षक ऐन बहादुर मल्लले ट्राफिक सप्ताह सम्पन्न गर्न सहयोग गर्ने संघ संस्था एवं व्यक्तिलाई धन्यवाद व्यक्त गरे ।
यही वैशाख १७ गते देखि सुरु भएको ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत विद्यार्थी, पैदलयात्री र चालकहरुलाई ट्राफिक सचेतना तथा जेब्राक्रस बारेमा प्रशिक्षण प्रदान, ट्राफिक सचेतना सम्बन्धि झण्डै १५ हजार पर्चा, पम्प्लेटहरु वितरण, वृतचित्र प्रदर्शनी लगायतका जनचेतनामुलक कार्यक्रमहरु गरिएको थियो ।
उक्त सप्ताहव्यापी कार्यक्रमबारे प्रतिवेदन प्रस्तुत गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरीक्षक शिव बहादुर थापाले जनचेतनामुलक कार्यक्रमवाट प्रत्यक्ष रुपमा १ लाख ५० हजार भन्दा बढी सर्वसाधारणहरु लाभान्वित भएको जानकारी दिए । उनले गगनगौंडादेखि नौडाँडा र पोखरा महानगरपालिका भित्र विशेष कार्यक्रम आयोजना गरिएको बताए ।
ट्राफिक सप्ताहमै आयोजित निबन्ध लेखन प्रतियोगितामा प्रथम हुने सिर्जना माविका विवेक काफ्ले, द्वितीय स्थान प्राप्त गर्ने भाष्कर मेमोरियल स्कुलकी दिक्षा बास्तोला, तृतीय भएकी गण्डकी आवासीय माविकी मोनिका गौतम र सान्त्वना स्थान प्राप्त गर्ने बाराही माविकी अपेक्षा शर्मालाई नगदसहित पुरस्कृत समेत गरिएको थियो ।
कार्यक्रमको सञ्चालन रेडक्रस कास्कीका कोषाध्यक्ष सुरेन्द्र गुरुङले गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह