पोखरा । दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतना जगाउने उद्देश्यले कास्कीमा सञ्चालन भएको ट्राफिक सप्ताह कार्यक्रम सकिएको छ ।
‘पैदल यात्रा गर्दा फुटपाथको प्रयोग गरौं, ट्राफिक नियम जानौं पनि मानौं पनि’ भन्ने मुल नाराका सञ्चालित उक्त सप्ताहव्यापी कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, माछापुच्छ्रे बैंक र रेडक्रस सोसाइटी कास्कीले संयुक्त रुपमा आयोजना गरेका थिए ।
प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी कास्कीका सभापति डोलराज पाण्डेले मानव जिवन सबैभन्दा अमुल्य भएकाले जिवन रक्षाका लागि दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले गरिरहेको सेवा प्रवाहमा थप टेवा पु¥याउने उद्देश्यले सहकार्य गरेको बताए ।
कार्यक्रमको अध्यक्षता समेत गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालय कस्कीका प्रमुख प्रहरी निरीक्षक ऐन बहादुर मल्लले ट्राफिक सप्ताह सम्पन्न गर्न सहयोग गर्ने संघ संस्था एवं व्यक्तिलाई धन्यवाद व्यक्त गरे ।
यही वैशाख १७ गते देखि सुरु भएको ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत विद्यार्थी, पैदलयात्री र चालकहरुलाई ट्राफिक सचेतना तथा जेब्राक्रस बारेमा प्रशिक्षण प्रदान, ट्राफिक सचेतना सम्बन्धि झण्डै १५ हजार पर्चा, पम्प्लेटहरु वितरण, वृतचित्र प्रदर्शनी लगायतका जनचेतनामुलक कार्यक्रमहरु गरिएको थियो ।
उक्त सप्ताहव्यापी कार्यक्रमबारे प्रतिवेदन प्रस्तुत गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरीक्षक शिव बहादुर थापाले जनचेतनामुलक कार्यक्रमवाट प्रत्यक्ष रुपमा १ लाख ५० हजार भन्दा बढी सर्वसाधारणहरु लाभान्वित भएको जानकारी दिए । उनले गगनगौंडादेखि नौडाँडा र पोखरा महानगरपालिका भित्र विशेष कार्यक्रम आयोजना गरिएको बताए ।
ट्राफिक सप्ताहमै आयोजित निबन्ध लेखन प्रतियोगितामा प्रथम हुने सिर्जना माविका विवेक काफ्ले, द्वितीय स्थान प्राप्त गर्ने भाष्कर मेमोरियल स्कुलकी दिक्षा बास्तोला, तृतीय भएकी गण्डकी आवासीय माविकी मोनिका गौतम र सान्त्वना स्थान प्राप्त गर्ने बाराही माविकी अपेक्षा शर्मालाई नगदसहित पुरस्कृत समेत गरिएको थियो ।
कार्यक्रमको सञ्चालन रेडक्रस कास्कीका कोषाध्यक्ष सुरेन्द्र गुरुङले गरेका थिए ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?