सुन्दर कुमार थकाली, मुस्ताङ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणको सुरक्षा प्रवन्ध तथा कार्ययोजना तयार गर्न भारतीय एआजी सहित करिव १५ जना टोली रहेको स्पेशल सुरक्षा फोर्स हिमालपारी मुक्तिनाथतर्फ आउँदै गरेको जनाईएको छ ।
टोली फोर्समा भारतीय ४ जना एआईजी सामेल छन् ।पोखराबाट बिहान करिव ९ बजे मुक्तिनाथतर्फ प्रस्थान गरेका उनीहरु बुधवार साँझ जोमसोम आईपुग्ने जनाईएको छ । बिशेष पुर्व तयारीका लागि मुक्तिनाथ आएका भारतीय स्पेशल फोर्सले मोदी भ्रमणलाई व्यवस्थित गर्न बिहिवार जिल्लाका सरोकारवाला निकाय संग उच्चस्तरिय छलफल गर्ने कार्यक्रम रहेको छ ।
फोर्स सम्मिलित छलफलले मोदी सरकारलाई कुन–कुन तहका व्यक्तिले नागरिक अभिनन्दन गर्ने भन्ने बारेमा टुङ्गो लगाउने श्रोतले जनाएको छ ।
यस्तै उक्त टोली फोर्स मोदीको भ्रमण अविधिभर मुक्तिनाथ परिशसरमै रहेर सुरक्षा प्रदान गर्ने जनाईएको छ ।यसका साथै नेपाल सेना,शसस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा प्रदान गर्ने भएका छन् ।
यसका साथसाथै मुक्तिनाथको स्तरोन्नती तथा मर्मत सुधारकार्य तिब्र रुपमा अघि बढेको छ भने मोदीको स्वागतका लागि गेटहरु बनाउने काम भैईरहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङ धाराले जानकारी दिए । यस्तै, मोदी भ्रमण टोलीको स्वास्थ अवस्थालाई ध्यानमा राख्दै जिल्ला स्वास्थ्य कार्यालयले आईसियु क्याम्प सहित शिविर संञ्चालन गर्ने जनाएको छ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?