अश्विन दानी, गोरखा । बैदेशिक रोजगारमा गएका भिमसेन गाउँपालिका—७ बोर्लाङ, सातबिसेका कुमार राना आठ महिनादेखि साउदीको जेलमा छन् ।
रोजगारीका लागि साउदी गएका राना कम्पनीको गाडी चलाउँदा आठ महिना अघि दुर्घटनामा परेका थिए । सोही दुर्घटनामा साउदीका एक नागरिक घाइते भएपछि रानासँग ८० लाख नेपाली रुपैँया क्षतीपूर्ति दाबी गर्दै मुद्दा हालेपछि उनी जेल चलान भएका हुन् ।
साउदी अदालतले जरिवाना गरेको ८० लाख रुपैँया आफूहरुले मात्रै तिर्न नसक्ने भन्दै कुटनीतिक पहलबाट रिहा गरिदिन उनकी धर्मपत्नी अम्बिका रानाले अनुरोध गरेकी छिन् । ‘घरमा बुढा बा, आमा, म र तीन छोराछोरी मा छौँ’ रानाको धर्मपत्नी अम्बिकाले रुँदै भनिन् ‘घरको झिटिले खान नपुग्ने भएकाले उहाँ बिदेश जानु भएको हो । त्यति धेरै जरिवाना तिर्न हामी एक्लैले सक्दैनौँ । सबैले उहाँलाई नेपाल फर्काउन सक्दो सहयोग गर्दिनुस् ।’
मेहनेत गरेर केही कमाउँछु भनेर बिदेश गएका श्रीमान् जेलमा रहँदा पनि पैसाको अभावले केही गर्न नसकेको भन्दै अम्बिकाले दुःख पोखिन् । रानालाई नेपाल ल्याउन उनको परिवार मात्रै पैसा जुटाउन नसक्ने भएपछि अहिले उनकी श्रीमतीसँगै गाउँका युवाहरू एकजुट भएर रकम संकलन गर्न लागिपरेका छन् ।

उनीहरुले कुमारलाई नेपाल ल्याउनकै लागि ब्लड मनी संकलन अभियान समेत सञ्चालन गरेका थिए । अम्बिका भन्छिन् ‘देश, विदेशमा बस्ने सबै नेपाली दाजुभाइ, दिदीबहिनीहरूले उदार मनले बैंक खातामा सहयोग पठाउनु हुन पनि अपिल गर्दछु ।’
रानालाई सहयोग गर्न चाहनेले प्रभु बैंकको खाता नं.०३९०१००१००६५६९०००००१ मा रकम जम्मा गराउन सकिने छ ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा