श्यामशितल परियार, लमजुङ । आँखामा कालो चश्मा । कालो रंगकै पाईन्ट । हाल्फ गञ्जी लगाएका सागर गौतमले निराशा भाव पोख्दै बेलघारी जाने बाटोको मुखमा बसी गीत सुनाए,
मनमा माया साँच्नै मन छैन
दुवै आँखा नदेख्ने भए
यो संसारमा बाँच्नै मन छैन….
सागरले आँखा देख्दैनन् । गीतमा बह पोख्नु, गीत अरुलाई सुनाउनु, उहाँको रहर होईन । बाध्यता पनि हो । कहिले सहयोगीको हात समाउँदै त कहिले छडीको भरमा देशका विभिन्न ठाउँ पुग्नु, गीत सुनाउनु र गीत सुनाएर पाएको आर्थिक सहयोगको भरमै उहाँको जीवनको गुजारा चल्दै आएको छ ।
उनको घर कैलाली हो । उनको श्रीमति पनि दृष्टिविहिन छन् । गौतमको सन्तान समेत भईसकेको छ । उनलाई गाउनमा सहयोग गर्दै आएकी छिन्, ईलामकी सपना खड्काले । सपना पनि आँखा देख्दिनन् । गीत गाएर आएको कमाईको भरमै उनीहरुको जीवनको गुजारा चल्दै आएको छ ।
सपना र सागरको समुहमा अरु पनि छन् । उनीहरुको समूहमा गौरव राई र मेघराज न्यौपाने छन् । उनीहरु संगै गीत गाउँदै देशका विभिन्न शहरबजार डुल्छन् । उनीहरुलाई डोर्याउने, संकलन भएको रकमको हिसावकिताव राख्ने काममा कृष्ण गौतम र शिवराज घर्ती मगरले सघाउँछन् ।
उनीहरुले आफ्नो जीवनको गुजारा चलाउनकै लागि मात्र यसो गरिरहेका छैनन् । उनीहरुको एउटा छुट्टै सपना छ, आफुहरुजस्तै दृष्टिविहिनको हकहितमा केही काम गरौँ भन्ने ।
त्यही ठूलो सपना आँखामा सजाउँदै उनीहरुले ‘पूर्व मेचीदेखी पश्चिम महाकाली संगित यात्रा’ सुरु गरेका छन् । काठमाडौँबाट सुरु भएको उनीहरुको ‘संगीत यात्रा’ लमजुङसम्म आईपुगेको छ ।
‘गीत गाउँदै पूर्वदेखी पश्चिमसम्म पुग्ने हाम्रो लक्ष्य छ, गीत गाएर उठेको पैसा खर्चेर आफुहरुजस्तै साथीहरुका लागि सीपमुलक तालिम दिने उद्धेश्य छ,’ सागरले भने । उनका अनुसार घरपरिवार, समाजमै दृष्टिविहिनहरुलाई हेर्ने नजर फरक छ । दृष्टिविहिनहरुलाई हेयः भावले हेर्ने गरिन्छ । उनीहरुलाई सीपमुलक तालिम दिई व्यावसायिक बनाउनु आवश्यक छ ।
‘उनीहरुलाई सीप सिकाई व्यावसायमा लागि उनीहरुको जीवनस्तर माथि उकास्ने उद्धेश्य बोकेर हामी यसरी हिँडेका छौँ,’ सपनाले भनिन् । दृष्टिविहिनको हकहितमा थुप्रै कानुन बनेका तर व्यवहारमा लागु नभएका सागर र सपनाको भनाई छ । ‘हामीहरुको लागि कानुन त लेखिए तर व्यवहारमा लागु भएन,’ उनीहरुले एकै श्वरमा गुनासो गरे ।
उनीहरुका अनुसार गीत गाउँदै विभिन्न ठाउँ पुग्दा कुनै ठाउँमा सहयोग पाईन्छ । कतै सहयोग पाईदैँन । ‘कुनै दिन ३÷४ हजार पनि कमाई हुन्छ, कैल्यै खाना खाने पैसा पनि उठ्दैन,’ उनीहरुले भने ।
उनीहरुका अनुसार ‘संगित यात्रा’ सकिएपछि दृष्टिविहिनहरुको लागि सीपमुलक तालिम सुरु गरिने छ । उनीहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउने सपना पूरा गरेरै छाड्ने उनीहरुको सोच छ ।
छुट्ने बेला सपनाले आशाको भाव बोकेको गीत पनि सुनाईहालिन्
यस्तै रैछ दैवको लिला
सोच्नु हुन्न जीन्दगी बेहाल
दिलको आँखा खोली हेरौँला
दैवले नै अन्धकार बनायो
अर्को जुनी संसार हेरौँला
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ