पोखरा । अन्ततः कास्कीका सामाजिक परिचालकहरुले नियुक्ति पाउने भएका छन् । लामो समयको आन्दोलनपछि महानगरले सामाजिक परिचालकलाई विहिबारदेखि पत्र दिएर काममा लगाउने भएको हो । बुधबार बसेको दुईपक्षीय बार्तापछि सामाजिक परिचालकलाई काममा लगाउने सहमति जुटेको हो ।
सामाजिक परिचालकहरुलाई विहिबार ब्यक्तिगत रुपमा करार सम्झौता पत्र दिने महानगरले जनाएको छ । ‘पहिले वडालाई पत्र लेखेर सामाजिक परिचालकलाई काममा लगाउनु भन्ने पत्र पठाउने तयारी थियो । तर सामाजिक परिचालकहरुले नमानेपछि रोकिएको हो, प्रमुख प्रशासकीय अधिकृत दीर्घनारायण पौडेलले भने–अहिले चाहीँ सामाजिक परिचालकहरुलाई नै पत्र दिने कुरा भएको छ ।’
सामाजिक परिचालकहरु पनि विहिबारदेखि नै काममा जाने तयारीमा छन् । ‘विहिबारदेखि वडामा पत्र दिएर काममा लगाउने सहमति भएको छ ।’ – सामाजिक परिचालक कमला खनालले भनिन्–सरकारले गरेको निर्णय कार्यान्वयन गराउन पनि आन्दोलन गर्नुपर्ने महानगरले हामीलाई विभेद गर्यो ।’ महानगरले चाहीँ कुनैपनि हालतमा सामाजिक परिचालकलाई नियुक्तिपत्र नदिने अडान लिएको थियो ।
पोखरामा ४७ जना सामाजिक परिचालकहरु कार्यरत छन् भने जिल्लाभरी ७७ जना छन् । गाउँपालिकाका बिषयमा भने महानगरको टुंगिएपछि पहल थाल्ने सामाजिक परिचालकहरु बताउँछन् । सबै परिचालकहरु १७ दिनदेखि महानगर केन्द्रित भएर आन्दोलन गरिरहेका थिए ।
‘हामीले पत्र बुझेपछि साथीहरुलाई त्यही नमुना लिएर गाउँपालिका पठाउँछौं, सामाजिक परिचालक कर्मचारी संघकी अध्यक्ष सरिता केसीले भनिन्–गाउँपालिकाबाट के प्रतिक्रिया आउँछ त्यसलाई हेरेर कार्यक्रम बनाउने कुरा छ ।’ जिल्लाभरि कार्यान्यवन नभए गाउँपालिकामा यसैगरी आन्दोलन हुने उनको भनाई छ ।
सम्बन्धित समाचार
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो