आशिष पुरी, पोखरा । नेपाल दशनामी युथले प्रदेश स्तरीय समिति गठन गरेको छ । युथ केन्द्रीय समिति गठन भएको केहि महिना नपुग्दै प्रदेश नं. ४ समिति गठन गरेको हो ।
शनिबार रक्तदान सहितको वृहत भेलाले रुद्र गिरीको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो । उपाध्यक्षमा इन्दिरा गिरी, सचिव बिक्रम पुरी, सहसचिवमा गणेश गिरी, कोषाध्यक्षमा सुदिप पुरी चयन गरिएको छ । सदस्यमा मदन गिरी, कुमार गिरी, समीक्षा गिरी, महादेव गिरी, मदन गिरी, सन्तोष गिरी चयन भएका छन् । त्यसैगरी, सल्लाहकारमा प्रकाश गिरी, सुरज पुरी, सुबास गिरी, प्रकाश गिरी चयन गरिएको छ । बाँकी जिल्लाबाट कार्यसमिति थप गर्न सकिने कार्यक्रम संयोजक बसन्त गिरीले जनाए ।

यसअघि, कार्यक्रमको उद्घाटन पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमुख डा. बिनोद कुमार गिरी, नेपाल दशनामी युथ केन्द्रीय कार्यसमिति अध्यक्ष उद्धव वनले संयुक्त रुपमा गरेका थिए ।
सामाजिक सञ्जाल फेसबुकमा सीमित रहेको ग्रुपले संस्था दर्ता गरेरै दशनामी युवाहरु एकिकृत गर्ने कार्य अघि बढाएको छ । भेलामा बाग्लुङ, पर्वत, स्याङ्जा लगाएतका ठाउँबाट युवाको उपस्थिति रहेको थियो । प्रमुख अतिथि गिरीले युवाको यो समूहको कार्यले आफ्नो जाति मात्र नभई सबैलाई फाइदा हुने बताए ।
यस्तै, प्रदेस नं ४ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका उपसचिव पुरन गिरीले दशनामी युथको उद्देश्य डाटा कलेक्सन नभई अधिकार सम्पन्न हुनुपर्नेमा जोड दिए । कार्यक्रममा वरिष्ठ अधिवक्ता गोबिन्द गिरी, लोटस ईनर्जी का संचालक अर्जुन गिरी, सदस्य विशाल गिरी, बिरेन्द्र गिरी लगाएतले बोलेका थिए ।
यस्तै, कार्यक्रममा ३५ जनाले रक्तदान गरे । कार्यक्रमको अध्यक्षता गर्दै उद्धब बनले सामाजिक कार्य गर्दा जस्तोसुकै बाधा आएपनि नरोकिने र सबै तन, मन र धनले सहयोग गर्न आग्रह गरे । कार्यक्रमको स्वागत मन्तव्य केन्द्रिय उपाध्यक्ष लिला गिरी, सञ्चालन शुशिल गिरीले गरेका थिए ।

सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?