नेपाल दशनामी युथ प्रदेश स्तरीय समिति गठन

नेपाल दशनामी युथ प्रदेश स्तरीय समिति गठन

dashn (2)

तस्विरः आशिष पुरी

आशिष पुरी, पोखरा । नेपाल दशनामी युथले प्रदेश स्तरीय समिति गठन गरेको छ । युथ केन्द्रीय समिति गठन भएको केहि महिना नपुग्दै प्रदेश नं. ४ समिति गठन गरेको हो ।

शनिबार रक्तदान सहितको वृहत भेलाले रुद्र गिरीको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो । उपाध्यक्षमा इन्दिरा गिरी, सचिव बिक्रम पुरी, सहसचिवमा गणेश गिरी, कोषाध्यक्षमा सुदिप पुरी चयन गरिएको छ । सदस्यमा मदन गिरी, कुमार गिरी, समीक्षा गिरी, महादेव गिरी, मदन गिरी, सन्तोष गिरी चयन भएका छन् । त्यसैगरी, सल्लाहकारमा प्रकाश गिरी, सुरज पुरी, सुबास गिरी, प्रकाश गिरी चयन गरिएको छ । बाँकी जिल्लाबाट कार्यसमिति थप गर्न सकिने कार्यक्रम संयोजक बसन्त गिरीले जनाए ।

यसअघि, कार्यक्रमको उद्घाटन पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमुख डा. बिनोद कुमार गिरी, नेपाल दशनामी युथ केन्द्रीय कार्यसमिति अध्यक्ष उद्धव वनले संयुक्त रुपमा गरेका थिए ।

सामाजिक सञ्जाल फेसबुकमा सीमित रहेको ग्रुपले संस्था दर्ता गरेरै दशनामी युवाहरु एकिकृत गर्ने कार्य अघि बढाएको छ । भेलामा बाग्लुङ, पर्वत, स्याङ्जा लगाएतका ठाउँबाट युवाको उपस्थिति रहेको थियो । प्रमुख अतिथि गिरीले युवाको यो समूहको कार्यले आफ्नो जाति मात्र नभई सबैलाई फाइदा हुने बताए ।

यस्तै, प्रदेस नं ४ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका उपसचिव पुरन गिरीले दशनामी युथको उद्देश्य डाटा कलेक्सन नभई अधिकार सम्पन्न हुनुपर्नेमा जोड दिए । कार्यक्रममा वरिष्ठ अधिवक्ता गोबिन्द गिरी, लोटस ईनर्जी का संचालक अर्जुन गिरी, सदस्य विशाल गिरी, बिरेन्द्र गिरी लगाएतले बोलेका थिए ।

यस्तै, कार्यक्रममा ३५ जनाले रक्तदान गरे । कार्यक्रमको अध्यक्षता गर्दै उद्धब बनले सामाजिक कार्य गर्दा जस्तोसुकै बाधा आएपनि नरोकिने र सबै तन, मन र धनले सहयोग गर्न आग्रह गरे । कार्यक्रमको स्वागत मन्तव्य केन्द्रिय उपाध्यक्ष लिला गिरी, सञ्चालन शुशिल गिरीले गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds