पोखरा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतबार आह्वान गरेको नेपाल बन्दको प्रभाव पोखरामा आंशिक रुपमा परेको छ ।
सार्वजनिक सवारी, शिक्षण संस्था, कलकारखाना तथा मुख्य बजारका पसलहरुमा मात्र बन्दको प्रभाव प¥यो । नेकपाले राष्ट्रघातको पछिल्लो शृंखलाको रुपमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण, उक्त भ्रमणका क्रममा राष्ट्रघाती अरुण–३ को शिलान्यास, मोदीको भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेशमा विरोध गर्दै बन्द आयोजना गरेको जनाएको छ ।
नेकपाले नेपाल बन्दमा गरेको बम आक्रमण र आगजनीले जनजीवन भने धेरै जिल्लामा प्रभावित बन्यो । ठाउँठाउँमा बम आक्रमण र आगजनी गरेपछि स्थानियहरु त्रसित भए । पोखरामा पनि चार ठाउँमा बम फेला प¥यो । तर प्रहरीले भने शक्तिशाली बम नभई तर्साउने प्रयास मात्र गरेको जनाएको छ ।

विरौटामा बम भएको क्षेत्र
पोखराको सैनिक वस्ती, बिरौटा, पृथ्वीचोक र अमरसिंहचोकमा झोलामा बम बनाउन प्रयोग गरिने बस्तु जोडजाम गरी तर्साउने काम भएको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए । ‘बम भनिहाल्न मिल्दैन तर तर्साउने काम गरेको हो । त्यसलाई निस्क्रिय बनाइयो ।’ खत्रीले भने ।
आइतवार विहान पोखरा लेखनाथ महानगरपालिका २९ सैनिक वस्तीमा नेकपाका कार्यकर्ताहरुले बम राखेका थिए । नेपाली सेनाको डिस्पोजल टोलीले बम राखेको खबर पाए लगत्तै डिस्पोज गरेको हो । यस्तै, पूर्वान्हको समयमा लेखनाथ महानगरपालिका १७ बिरौटा स्थित पोखरा विमानस्थल अगाडि पनि बम फेला परेको थियो ।

लेखनाथको सैनिक वस्तीमा राखिएको बम
नेपाली सेनाको टोलीले डिस्पोज गरेको थियो । अमरसिंहमा पनि त्यस्तै वस्तु भेटिएको थियो भने अपरान्ह पृथ्वीचोक स्थित सस्तो बजार अगाडि शंकास्पद वस्तु भेटियो । पोखरामा प्रदेशस्तरको सुरक्षा समितिको छलफल चलिरहँदा दिनदाहाडै नेकपाका कार्यकर्ताहरुले आतंकित बनाउने काम गरे ।
नेकपाको यसअघिको बन्द भने शान्तिपूर्ण थियो । तर, यसपटक निर्वाचनका क्रममा जस्तो ठाउँ ठाउँमा बम हानिएको छ ।

तनहुँको मादी पुलमा राखिएको बम
सम्बन्धित खबर
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?