अश्विन दानी, गोरखा । तीन महिनाको अनसन पछि गोरखाको भीमसेन थापा गाउँपालिकाको केन्द्र मसेलको घ्याम्पेशालबाट खाञ्चोक सरेको छ । गाउँपालिकाको केन्द्र सार्न सहमति भएपछि उक्त अनसन तोडिएको हो ।
‘खाञ्चोकमा रहेको चामुन्डा प्राविलाई अन्यत्रै सारेर त्यहाँ गाउँपालिकाको केन्द्र भवन बनाउने सहमति भयो । आज (मंगलबार) गाउँ कार्यपालिका बैठक राखेर केन्द्र सरेको जानकारी माथिल्लो निकायमा पठाएका छौँं’ अध्यक्ष पाण्डेले भने, ‘दुई तिहाइले निर्णय गरेपछि केन्द्र सार्न मिल्ने रहेछ।’
कात्तिक १९ मा बसेको गाउँ कार्यपालिकाको बैठकले बगुवाबाट घ्याम्पेशालमा केन्द्र सार्ने निर्णय गरेपछि वडा नम्बर ४ का अध्यक्ष मदन शाक्य, ५ का अध्यक्ष प्रेमचन्द्र श्रेष्ठ र ७ का अध्यक्ष नारायण श्रेष्ठसहित १६ जना जनप्रतिनिधि बगुवास्थित साविकको गाविस भवनमा त्रिपाल टागेर रिले अनशन बसेका थिए।
सर्वदलीय अनशन आयोजक समितिका संयोजक तथा माओवादी पोलिटब्युरो सदस्य लोकप्रसाद बञ्जराका अनुसार प्रहरी, कृषि, वन, हुलाक कार्यालय घ्याम्पेशालमा नै रहने गरी केन्द्र खाञ्चोकमा राख्ने सहमति भएपछि अनसनका कार्यक्रम फिर्ता लिइएको हो।
गाउँपालिका अध्यक्ष पाण्डेले किर्ते काजगात बनाएर बगुवाबाट घ्याम्पेशालमा केन्द्र सारेको आरोप लगाउँदै असन्तुष्ट समूहले पाण्डेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । ‘माघ ३ गते सर्वोच्चमा दर्ता भएको मुद्दा पनि फिर्ता लिने सहमति भयो,’ बञ्जराले भने।
केन्द्र विवादले शिक्षकले समयमै तलब खान पाएका थिएनन् भने विकास निर्माणका योजना अलपत्र छ । गाउँपालिकामा आवश्यक संख्यामा कर्मचारी पनि छैनन् ।
बगुवामै केन्द्र हुनुपर्नेमा १६ जनप्रतिनिधि थिए। घ्याम्पेशालमा केन्द्र राख्नुपर्नेमा २५ जनप्रतिनिधि थिए । गाउँपालिकामा देखिएको विवाद सुल्झाउन प्रदेश ४ का आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानको संयोजकत्वमा पनि कार्यदल बनेको थियो ।
सम्बन्धित खबर
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
गोरखाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति चयन
वर्षाले सडक भासिँदा गोरखाको ढुङ्गागाढे-खाब्दी भञ्ज्याङ सडक अवरुद्ध
यो पनि पढौँ
कास्कीका ३ क्षेत्रमै अग्रता बढाउँदै रास्वपा, पुराना दललाई ‘कोर एरिया’मै धक्का
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला