गोरखा — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जतिसक्दो छिटो बुढीगण्डकी जलविद्युत् आयोजनाको काम थाल्नुपर्ने बताएका छन् ।
शुक्रबार भिमसेन थापा गाउँपालिकास्थित जागेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले बुढीगण्डकी आयोजनाले मूर्त रूप लिन नसकेको भन्दै चिन्ता जनाए ।
संघ सरकारसँग राष्ट्रिय समन्वय परिषद्को बैठक र राष्ट्रिय समस्या समाधान समितिको बैठकमा पनि आयोजनाको बारेमा पटक/पटक कुरा उठाएको उनले बताए । ‘बागमती प्रदेशका मुख्यमन्त्रीसँग पनि कुरा भएको छ, अब आयोजना सम्पन्न गर्न सबैको ध्यानाकर्षणका लागि गण्डकी र बागमती प्रदेश तथा डुबान क्षेत्रमा पर्ने स्थानीय सरकारको सरकारको संयुक्त बैठक बसेर संघ सरकारसँग आयोजना छिटो सम्पन्न गर्न पहल गर्छौँ,’ उनले भने ।
आयोजना निर्माण भए धादिङ र गोरखाका जनताको आयआर्जनमा पनि गुणात्मक परिवर्तन आउने उनले बताए । ‘विद्युत् मात्र नभएर पर्यटन सहित नयाँ खालको आयोजना बन्छ, यसले धेरै कुरा समेट्छ आर्थिक स्थिति नै कायापलट हुन सक्ने अवस्था छ,’ उनले भने,‘छिटो भन्दा छिटो यसलाई सम्पन्न गर्न दुई प्रदेशको संयुक्त सरकारको तर्फबाट संघ सरकारसँग पहल गर्छौँ ।’
सम्बन्धित खबर
मापदण्डविपरीत निर्दयी ढंगले चौपाया ढुवानी गर्ने एक जना पक्राउ
गण्डकी प्रदेशद्वारा ६ साहसी आरोही सम्मानित
सरकारद्वारा जारी नियमावलीप्रति इक्यान कास्कीको गम्भीर आपत्ति, तत्काल फिर्ता लिन माग
मापदण्डविपरीत चौपाया ढुवानी गर्ने एक जना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोगको आरोपमा अर्जुनचौपारीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी र मधेशका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
पीसीएमको ‘एनुअल फेस्ट–२०२६’ सम्पन्न, सांगीतिक कार्यक्रमदेखि प्रविधि र उद्यमसम्मको आकर्षण
काठमाडौंमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन