हिमाल पारी निस्कियो -याली

हिमाल पारी निस्कियो -याली

IMG_20180529_080435

मुस्ताङ | हिमाल पारीको जिल्ला  मुस्ताङमा  ११ औं गणतन्त्र दिवसको अवसर पारेर -याली निकालिएको छ | मुस्ताङ एयरपोर्ट देखि सुरु भएको र्याली जिल्ला समन्वय समितिको सभाहलमा पुगेर मंच कार्यक्रममा परिणत भएको थियो |

गणतन्त्र दिवस  जिल्ला समारोह समिति मुस्ताङको आयोजनामा निकालिएको उक्त र्यालीमा स्थानीय जन प्रतिनिधि,सरकारी कार्यालयका कर्मचारी,उद्योग बाणिज्य संघका प्रतिनिधि,आमा समुह,पत्रकार,राजनैतिक दलका प्रतिनिधि लगायतको उल्लेख्य उपस्थिति थियो |

बिभिन्न संघर्ष र जन आन्दोलनको उपज स्वरूप लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको र आज सम्म आइपुग्नु ठुलो उपलब्धि भएको अधिकांश बक्ताहरुको जोड थियो | कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले आजै देखि  शुशासन र बिकासको लागि आफ्नो स्थानबाट सबैले प्रण गर्नुपर्ने बताए |

त्यस्तै कार्यक्रमको सभापतित्व समेत ग्रहण गरेकी जिल्ला समन्वय समिति प्रमुख छिरीङ ल्हामो गुरुङले आज सम्मको उपलब्धिले अब सम्वृद्धिको बाटो खुल्ला गरेको बताइन| कार्यक्रममा घरपझोङ गाउँपालिका उपाध्यक्ष,जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष लगायतले आफ्नो भनाई राखेका थिए |

प्रतिक्रिया

लेखकको बारेमा

सूर्य तिमिल्सिना

सूर्य तिमिल्सिना

तिमिल्सिना गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds