कमला राना, नवलपुर । प्रदेश नं. ४ को नाम तमुवान मगरात राख्नुपर्ने माग गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पुर्वी नवलपरासीले शनिबार कावासोतीमा एक बृहत बिरोध शान्ति ¥याली तथा जनप्रदर्शन गर्दै जोडदार रुपमा यो माग गरेको हो ।
प्रदेश नम्बर चारलाई ऐतिहासिक पहिचानको आधारमा तमुवान मगरात प्रदेश नामाकरण गर्नुपर्ने र बर्तमान सरकारले कटौती गरेको आदिवासी जनजाति समुदायको पर्बहरुमा दिइने सार्बजनिक बिदा पुनरबहाली गर्नका लागि दवाव स्वरुप जनप्रदर्शन गरिएको हो ।
¥याली कावासोतीको सभापति चोकबाट शुरु भएर फलफुल चोकमा पुगी कोण सभामा परीणत भएको थियो । ¥यालीमा बिभिन्न जाति तथा समुदायको जातिय भेषभुषा तथा झाँकीहरुको समेत प्रदर्शन गरिएको थियो ।
करिब दुइ हजार जनाको सहभागीता रहेको ¥यालीमा सहभागीहरुले सँबिधान सँशोधन मार्फत जनजातिको मुद्दा सम्बोधन गर , थारु समुदायको सघनतालाई समेट्दै थारु स्वायत्त क्षेत्र घोषणा गर , आइ एल ओ महासन्धि कार्यान्वयन गर , सँरक्षणका नाममा आदिवासी जनजातिलाई बिस्थापन गर्ने कार्य बन्द गर जस्ता नाराहरु लेखिएका प्लेकार्ड बोकेका थिए ।
यसैबीच ¥याली पश्चात फलफुल चोकमा भएको कोण सभामा आदिवासी जनजाति समुदायका अगुवाहरुले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्नुहुँदै नेपाल मगर सँघका पुर्ब जिल्ला सचिव तिल बहादुर झेँडी मगरले प्रदेश सभाले प्रदेशको नाम तमुवान मगरात नगरेका खण्डमा आदिवासी जनजातिहरुले सडकबाटै प्रदेशको नाम तमुवान मगराँत घोषणा गर्ने बताए ।
त्यस्तै कार्यक्रममा थारु कल्याणकारी सभा नवलपरासीका अध्यक्ष गणेशमान महतोले प्रदेश नम्बर चारको तराइ क्षेत्रमा थारु समुदायको बाहुल्यता भएता पनि सघन बसोबासको आधारमा प्रदेश नम्बर चारको नाम तमुवान मगराँत नै उचित हुने बताए ।
नेपाल आदिवासी जनजाति महासँघ पुर्बी नवलपरासीका अध्यक्ष राम बहादुर ब्लोनको सभाध्यक्षता रहेको कोण सभालाई तमु ह्युल छोँज धी गुरुङ राष्ट्रिय परिषद पुर्बी नवलपरासीका अध्यक्ष ललित गुरुङ, नेपाल तामाङ घेदुङ नवलपरासीका सचिव मँगल लामा , भुजेल सुधार समाजकी केन्द्रिय सदस्य रमिला भुजेल , नेवा देय दवु नवलपरासीका सदस्य मित्रलाल श्रेष्ठ , जनजाति अभियन्ता तौ बहादुर गुरुङ लगायतले सम्बोधन गरेका थिए ।
गत जेष्ठ ७ गते प्रदेश नम्बर ४ को केन्द्र पोखरामा बसेको महासँघको केन्द्रीय बैठकले सबै जिल्लामा बिरोध ¥याली जुलुस र धर्ना गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार पुर्बी नवलपरासीको कावासोतीमा पनि विरोध र्याली तथा जनप्रदर्शन गरिएको हो । ¥यालीमा जिल्लामा सकृय नेपाल मगर सँघ , तमु ह्युल छोँज धी गुरुङ राष्ट्रिय परिषद , नेपाल तामाङ घेदुङ , थारु कल्याणकारिणी सभा , भुजेल सेवा समाज , कुमाल सुधार समाज , नेपाल आदिवासी जनजाति पत्रकार महासँघ लगायत १० भन्दा बढी जातीय सँघ सँगठनहरुको सहभागित जनाएका थिए ।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ