लाइसेन्स बनाइदिने भन्दै रकम असुल्ने चितवनका राजु प्रहरी फन्दामा

लाइसेन्स बनाइदिने भन्दै रकम असुल्ने चितवनका राजु प्रहरी फन्दामा

कास्कीमा लाईसन बनाईदिन्छु भन्दै पैसा लिई ठगी गर्ने ब्यक्ति पक्राउ

पोखरा । लाइसेन्स बनाइदिने भन्दै रकम असुल्ने प्रहरी फन्दामा परेका छन् । पक्राउ पर्नेमा चितवन जिल्ला पार्वतीपुर उपमहानगरपालिका वडा नं. ३ कञ्चन बस्ती भई पोखरा ५ प्रस्याङ बस्ने ३१ वर्षीय राजु पौडेल रहेका छन् ।

सवारी चालक अनुमति पत्र बनाईदिन्छु भन्दै पैसा असुलेका छन् भन्ने गोप्य सुचनाको आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।

पौडेललाई अनुसन्धान गर्ने क्रममा लाइसेन्स बनाईदिन्छु भन्दै १५ हजार देखी ६७ हजार सम्म लिएको र करिव ६ महिना देखी १ दर्जन भन्दा बढि व्यक्तिहरुबाट नगदका साथै नागरीकता समेत लगेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
उनलाई कास्की जिल्ला अदालतबाट ठगी मुद्धामा म्याद थप गरी थप अनुसन्धान भईरहेको डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds