पोखरा । पोखरामा तेस्रो संस्करणको ‘मेगा एजुकेशन फेयर’ हुने भएको छ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित गर्दै यस वर्षपनि शैक्षिक मेला हुन लागेको हो । इभेन्ट कम्पनी ‘वान अप’ ले पोखरामा १० महिनामै फेरि अर्को संस्करण आयोजना गर्न लागेको हो । गत साउनमा पोखरामा दोस्रो संस्करण भएको थियो ।
फेयर जेठ २५ र २६ गते न्यूरोड स्थित सिटी स्क्वायरमा हुनेछ । पोखरामै आधा दर्जन बढी फेयरको सफलतापूर्वक आयोजना तथा व्यवस्थापन गरिसकेको वान अपले यस फेयरलाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने जनाएको छ । ‘पोखरामा धेरै पटक हामी आईसक्यौं । यसअघिका मेलाहरु निकै सफल भएका थिए । यो पटक अझै भव्य तवरले शैक्षिक मेलाको तयारी हुँदैछ ।’ वान अपका प्रमुख कार्यकारी अधिकृत रविशंकर झाले भने–‘यहाँका विद्यार्थी र अभिभावकका लागि यो फेयर अत्यन्त फलदायी हुने हाम्रो विश्वास छ ।’
दुई दिने मेला अवधीभर सिटी स्क्वायरमा २० बढी शैक्षिक परामर्श संस्थाहरुबाट वैदेशिक अध्ययन, त्यहाँको कलेज र यूनिभर्सिटीको बारेमा जानकारी दिनेछन् । विद्यार्थी तथा अभिभावकले मेलामा एउटै स्थानबाट धेरै अन्तराष्ट्रिय कलेज र यूनिभर्सिटीहरुको बारेमा जानकारी लिन पाउनेछन् ।
आयोजकले यो पटक पनि मेलामा विद्यार्थीहरुको लागि विशेष अफरहरु रहेको बताएको छ । मेलामा सहभागिता जनाउने विद्यार्थीहरुका लागि ‘हात खाली नजाने’ उपहार योजना पनि आयोजकले ल्याएको छ । मेलामा आउने सुरुका एक हजार जनालाई हरेक दिन विशेष उपहार दिइने आयोजकले जनाएको छ । त्यस्तै, मेला अवधीभर परामर्शका लागि आएका विद्यार्थीहरुमध्ये ‘लक्की ड्र’मार्फत मेलाको अन्तिम दिन एक जना विद्यार्थीले ल्यापटप बम्पर उपहारस्वरुप पाउने आयोजकले बताएको छ ।
अष्ट्रेलिया, अमेरिका र न्यूजिल्याण्डका कलेज तथा यूनिभर्सिटीहरुमा स्थलगत भर्ना तथा छात्रवृत्ति सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् । यस्तै, टेस्ट प्रिपेरेशन सम्बन्धी विशेष अफर समेत रहेको छ । त्यो संगै मेलामा सहभागिता जनाउने विद्यार्थीहरुले स्थानीयस्तरमा ‘आइएलटिएस’ कक्षा अध्ययनको लागि विशेष छुट समेत पाउनेछन् । विद्यार्थीहरुलाई वैदेशिक अध्ययनमा जाँदा कुनै समस्या नहोस् भन्ने हेतुले यो मेला आयोजना गरिएको ‘वान अप’ ले बताएको छ ।
क्विन्सफोर्ड कलेजको प्रस्तुतिमा हुन लागेको मेलामा बेलायत, अमेरिका र अष्ट्रेलियाका पुराना कलेज तथा यूनिभर्सिटीहरुले समेत सहभागिता जनाउँदैछन् । मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु तथा जापान, न्युजिल्याण्ड, अष्ट्रेलिया, यूएस, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, जर्मनी, रुस, डेनमार्क लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनीधिहरुको सहभागिता हुने आयोजकले बताएको छ ।

सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’