पोखरा । सहारा क्लबद्वारा सञ्चालित सहारा एकेडेमीलाई क्लबका संस्थापक कोषाध्यक्ष रामचन्द्र गुरुङ तथा उनका परिवारले आर्थिक सहयोग गरेका छन ।
एकेडेमीको अक्षयकोषमा गुरुङ सहित उनकी धर्मपत्नी उमादेबी १ लाख १ सय ५ रुपैयाँ र छोरी उरुप्साले ५० हजार प्रदान गरेका हुन । यसै गरि एकेडेमीका लागि समाजसेबी एवम रंगशाला आमा समुहकी अध्यक्ष चन्द्रावती गुरुङले समेत १ लाख १ सय ५ रुपैयाँ प्रदान गरेकी छन ।
सहयोग दाता रामचन्द्र गुरुङका परिवार र चन्द्रवती गुरुङले सहयोग रकम सहारा क्लबका अध्यक्ष केशव बहादुर थापालाई हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण कार्यक्रममा एकेडिमीको गतिविधीका बारेमा जानकारी दिंदै एकेडेमीका संयोजक एवम क्लबका पूर्व अध्यक्ष बिक्रम थकालीले एकेडेमी संचालन गर्न मासिक दुई लाख खर्च लाग्ने बताए ।
सो अवसरमा सहयोगी गुरुङ परिवार द्वयलाई क्लबका सल्लाहकार परिषदका सभापती विरभद्र आचार्यले धन्यवाद ज्ञापन गरेका थिए । २०७० साल बाट सहरा क्लब द्वारा संचालित सहारा एकेडेमीमा २८ जना विपन्न बालकहरुलाई आश्रय दिएर शिक्षाका साथै फुटबल प्रशिक्षण प्रदान गरिदैं आइएको छ ।
क्लबले उक्त एकेडेमी संचलानका लागि दुइ करोडको अक्षय कोष संंचालनार्थ विविध कार्यक्रम गर्दै आएको छ । उक्त अक्षयकोषका लागि देश बिदेशमा रहेका समाजसेबी तथा संस्थाहरुले सहयोग रकम प्रदान गर्दै आइरहेका छन ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ