अश्विन दानी, गोरखा । गणतन्त्र घोषणापछि पूर्वयुवराज पारस शाह पहिलोपटक गोरखा आएका छन् । मंगलबार गोरखा आएका शाहले बुधबार बिहान साढे नौ बजेदेखि साढे १० बजेसम्म भूकम्पले ध्वस्त पारेपछि पुननिर्माण भईरहेको गोरखा दरबारमा विशेष पूजाआजा गरेका हुन् ।
शाहले गोरखा दरबारको अवलोकन तथा पूजाआजा गरेपछि गोरखा संग्राहलय अवलोकन गरे । आधाघण्टा समय संग्राहलयमा बिताएका पारसले शाह वंशीय राजाहरूको इतिहास र पुराना हातहतियारबारे समेत चासो राखे ।
गोरखकाली मन्दिर शाह वंशीयहरुको कुलदेवताको मन्दिरसमेत रहेको पारसका निकट विक्रम सिंहले बताए । ‘उहाँ गोरखकालीको पूजा र गोरखनाथ बाबाको आशीर्वाद लिन यहाँ आउनुभएको हो’, सिंहले भने ।

उनले संङ्ग्रालयका सामानहरु मध्ये सबैभन्दा धेरै हातहतियारबारे चासो राख्दै हेरचाह अड्डाका कर्मचारीहरुलाई सोधपुछ गरेका थिए । उनलाई कमल थापा र पशुपतिशमशेर जवरा नेतृत्वको राप्रपाका कार्यकर्ताहरु र राजावादीहरुले लक्ष्मीबजारदेखि मोटरसाइकल ¥यालीसँगै गोरखा दरबारसम्म पु¥याएका थिए ।

पारसलाई दरबारमा बाजागाजाका साथ स्वागत गरिएको थियो । पारस आफैँले भने भ्रमण र पूजाआजा बारे मौन बेसे । उनी आजै काठमाण्डौँ फर्कने छन् ।

तस्विरः सन्तोष अधिकारी
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ