मुस्ताङ । कुनै समय मुस्ताङको ढिके नुन भनेपछि नेपालको अधिकांश जिल्लामा पाइन्थ्यो ।बजारमा नुनको माग पूरा गर्न यहाँका स्थानीयलाई भ्याइ नभ्याइ थियो |यहाँका स्थानीयले परम्परागत शैलीमै भएपनि नुन बिक्री गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका थिए ।
सरल र सहज तरिकाले नै संचालनमा आउन सक्ने यो नुनखानी अहिले भने बन्द अवस्थामा रहेको छ।सरकारी निकायबाट यसको उत्खननको लागि पहल नहुँदा अहिले यो नुन खानी उपयोगमा आउन सकेको छैन ।
यसको संरक्षण त परै जाओस उल्टै आयोडिन नभएको नुन खाए गलगाँड आउँछ भनेर प्रचार गरियो र केवल गाईभैंसीलाई मात्र खुवाउन सिमित गरियो | यसबाट मुस्ताङको नुन बजारमा ह्वात्तै ओरालो लागेको छुसाङका स्थानीय नविन कुमार गुरुङ बताउँछन् ।यसबाट स्थानीय समेत निरुत्साहित छन् ।

कुनै बेला अधिकांश जिल्लामा नुन आपूर्ति गर्ने स्थानीय स्वयंकै घरमा समेत भारतबाट आयातित नुनको प्रयोग हुन्छ।भारतबाट आयातित नुन समुन्द्र वा खानीमै आयोडिन युक्त हुँदैन ।प्रशोधित नुनमा उचित मात्रामा आयोडिन मिसाएर बजारमा पठाइन्छ ।यदि सरकारले यसको उत्खनन गरेर प्रशोधन केन्द्र खोल्ने हो भने यहींको नुनमा समेत आयोडिन मिसाएर बजारमा पठाउन सकिन्छ ।
नुन देखि सुनसम्म विदेशबाट ल्याएर प्रयोग गर्ने तर स्थानीय श्रोत र साधनको खोजि नगर्ने सरकारी परिपाटीले नेपालका खानीहरु उपयोग बिहिन अवस्थामा रहेका छन् । सरकारले रेल देखि पानी जहाज सम्मका सपना देखाइरहंदा थोरै लगानीमा समेत संचालनमा आउन सक्ने यस्ता श्रोतहरु उत्खनन नहुनुले स्थानीय समेत चिन्तित देखिन्छन् ।
सम्बन्धित खबर
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
अन्नपूर्ण ट्रेक र मुस्ताङमा पर्यटकको लर्को
बागलुङमा मुस्ताङी च्याङ्ग्राको आयातमा कमी
मार्चेः मुस्ताङको एक लुकेको स्वर्ग [फोटो फिचर]
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’