पोखरा, १६ असार । पोखरा लेखनाथ महानगरपालिकाका सामाजिक विकास अधिकृत ओमराज पौडेल गत असार ९ गतेदेखि सम्पर्कविहीन भएको विषयसँग जोडेर भएका टीका टिप्पणी र आरोपको महानगरपालिकाले पत्रकार सम्मेलन गरेर खण्डन गरेको छ । महानगरलाई लगाइएका आरोपमा कुनै सत्यता नभएकाले भ्रममा नपर्न नगरबासीमा मेयर मानबहादुर जिसीले शनिबार पत्रकार सम्मेलन गरेर आग्रह गरेका छन् ।
खोजीका लागि हरेक दिन प्रहरीको एक टोली खटिए पनि पौडेलको अवस्था पत्ता नलागेको जिसीले बताए । जिसीले पौडेलको खोजीमा सम्पूर्ण शक्ति लगाएपनि अवस्था पत्ता लगाउन नसकिएको बताए । ‘हाम्रो सामाजिक शाखा प्रमुख पौडेलको खोजीमा सबै शक्ति लगाएका छौं,’ उनले भने, अझै पनि सबै मिलेर खोजी गरौं ।’ उनले महानगरले पौडेलको खोजीमा चासो नदिएको भन्ने आरोप झूठो भएको दाबी गरे । उनले भने,‘हाम्रो परिवारको सदस्य सम्पर्कविहीन हुँदा हामीले चासो नदिने भन्ने नै हुँदैन, महानगरपालिका खोजी कार्यमा संवेदनशील छ, हामी माथि लगाइएको आरोप झूठा र आधारहीन छन् ।’
पौडेललाई काममा टर्चर दिएका कारण घट्ना घटेको भन्ने आरोप पनि मिथ्या भएको उनले बताए । ‘हामीले टर्चर दिएको छैन, दिन जरुरी पनि छैन,’ जिसीले भने, ‘काम लगाउने हाम्रो जिम्मेवारी भित्रै पर्छ, त्यो बाहेक अन्य केही गरिएको छैन । ’
पौडेलको कार्यकक्ष परिर्वतन गरिएको बारेमा पत्रकारको जिज्ञासामा मेयर जिसीले स्थानीय तहमा कर्मचारी समायोजन भएर आएपछि व्यवस्थापन गर्दा कार्यकक्ष मात्रै परिर्वतन भएको र पौडेलको जिम्मेवारी अहिलेसम्म पनि हेरफेर नभएको स्पष्ट पारे । महानगरपालिकाले कसैलाई सरुवा, बढुवा र घटुवाको कुरै नगरेको र साउन एक गतेदेखि अधिकृतलाई आवश्यकता अनुसार वडामा खटाउने छलफल भएको तर, कसैलाई नखटाइएको उनले जानकारी दिए ।
‘हाम्रा भन्दा पनि राम्रा र क्षमतावान कर्मचारीलाई प्रोत्साहन गरेको छौं,’ मेयर जिसीले भने,‘ राजनीतिक आस्थाका आधारमा कसैलाई पनि भेदभाव गरिएको छैन, परिवारका सदस्यलाई राजनीतिक रुपमा कित्ताकाँट गर्न जरुरी छैन, गरेको पनि छैंनौं, गर्दा पनि गर्दनौं ।’ पौडेल बेपत्ता भएकोमा महानगरपालिका परिवार मर्माहत भएको बताउँदै जिसीले मानवीय सम्वेदनालाई बुझेर पौडेलको खोजीमा जुट्न सबैमा आग्रह समेत गरेका छन् । यसअघि नेपाली कांग्रेस र स्थानीय तह कर्मचारी युनियन नेपालले विज्ञप्ती निकाल्दै महानगरपालिकामा काममा परेको दबाब र टर्चरले घट्ना घटेको आरोप लगाएका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ