तनहुँ । तनहुँको सदरमुकाम दमौली बजार बाट केहि दुरीमा रहेको चाइनापुल नजिक साबेल प्रहार गरि लुटपाट गर्ने २ जना व्यक्ति लाइ बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ ।
बुधबार दिउसो ५ बजेको समयमा व्यास नगरपालिका वडा नं. ४ चाईनापुल नजिक पाल्पा बाट काठमाडौं तर्फ जादै गरेका मनोज कार्की र कमल सिंह बस्न्यातलाई २ जनाले दमौली चाइनापुल नजिक लुटेका थिए । उक्त लुटपाटमा संलग्न रहेका चितवन भरतपुर महानगरपालिका वडा नं. ७ जगतपुर स्थायी घर भइ हाल व्यास न.पा.वडा नं. ३ भतेरीमा कवाडी संकलन गर्ने बर्ष ३३ को लक्षमण राई र व्यास नगरपालिका वडा नं. २ बाराही कलेज टोल बस्ने बर्ष २३ को प्रविन शाक्य लाइ प्रहरीले पक्राउ गरेको हो ।
२ जना अपरिचित व्यक्तिले डर धाक धम्की देखाई सावेल प्रहार गरी लुटेको खबर कमल कार्कीले तनहुँ प्रहरीलाई जानकारी गराए पश्चात तत्काल अनुसन्धान गर्दा राइ र शाक्य लाइ पक्राउ गर्न प्रहरी सफल भएको हो । लुटेराले मनोज कार्कीको नगद १७ हजार रुपैया र कमल बस्नेतको नगद १२ हजार रुपैया, सुनको आधा तोलाको औठी र घडी १ थान लुटेका थिए ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको टोलीले घटनामा संलग्न रहेका दुइको खोजतलास गर्दै जादा लक्षमण राईलाई सितलचोकबाट र प्रबिन शाक्यलाई उनको कोठा भित्रबाट पक्राउ गरेको हो । पक्राउ गरि राइको शरिर तलासी लिदा उनको साथबाट १ सय ३० रुपैया र शाक्यको साथबाट ६ हजार २ सय ७५ नगद रुपैया बरामद भएको प्रहरीले जनाएको छ । उनीहरु लाइ उक्त नगद रुपैया सहित पक्राउ गरी रहजनी चोरी मुद्धामा अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान
स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?