अश्विन दानी, गोरखा । गोरखालाई लोडसेडिङ मुक्त घोषणा गरिएको एकबर्ष बित्यो । तर, व्यवहारमा त्यो महसुस गर्न गोरखाबासीले पाएका छैनन् । अहिले बत्ती झ्याप्प झ्याप्प जाने गर्दा लोडसेडिङ मुक्त क्षेत्रले गिज्याइरहे जस्तो लाग्छ ।
नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र, गोरखाले गोरखालाई लोडसेडिङ मुक्त क्षेत्र घोषणा गरेपनि प्राधिकरणको अनियमितताका कारण गोरखाबासीले दैनिक लोडसेडिङको मार खेप्ने गरेका छन् ।
गोरखालाई लोडसेडिङ मुक्त क्षेत्र भनेर प्राधिकरणले गोरखाली जनताहरुलाई झुक्काएको मानब अधिकार सञ्जाल गोरखाका अध्यक्ष यदुप अधिकारी बताउँछन् । ‘लोडसेडिङ मुक्त क्षेत्र भन्ने अनि लाईन मारेको मारै गर्ने’ अधिकारीले भने ‘कुन बेला लाईन आउँछ, कुन बेला जान्छ थाहै हुँदैन । सरकारी कार्यालयहरुमा केही काम लिएर गयो, लाईन छैन भन्दै घण्टौँ कुर्नुपर्छ ।’
गोरखालाई लोडसेडिङ मुक्त क्षेत्र घोषणा गर्नु अघि ठाउँ अनुसार विद्युत आपूर्ति हुने समय निर्धारण गरिन्थ्यो । गोरखाबासी सोही निर्धारीत समयलाई आधार मानेर कुन बेला के काम गर्ने भनेर आ—आफ्नो समय तालिका बनाएर काम गर्ने गर्थेँ । तर, गोरखालाई लोडसेडिङ मुक्त क्षेत्र घोषणा गरे पछि कुन समयमा लाईन जान्छ कुन समयमा आउँछ भन्ने कुरा थाहा नहुँदा गोरखालीबासीले समस्या भोग्ने गरेका छन् ।
‘विद्युत आउने जाने ठेगान नहुँदा भनेको बेलामा कुनै काम गर्नै पाईदैन’ अधिकारी भन्छन् ‘यो त, विज्ञान र प्रविधिको युग हो । सबै काम प्रबिधिबाटै गर्र्ने गरीन्छ । तर, प्राधिकरणले बत्ति झयाप्प झ्याप्प मार्दा भनेको समयमा कुनै काम गर्न सक्ने अबस्थै छैन ।’
गोरखालाई लोडसेडिङ मुक्त क्षेत्र घोषणा गर्दा जिल्लाका काठे पोललाई हटाएर फलामे पोल खरिद गर्न विद्युत् प्राधिकरण गोरखाले विद्युत रोयल्टीको छ करोड रुपैँया छुट्टाईएको थियो । तर, अहिले पनि प्राधिकरणले लाईन झ्याप्प झ्याप्प जानुको कारण काठे पोल नै हो भनेर बताईरहेको छ ।
बर्खा याम भएकाले निरन्तर परेको पानीका कारण बिभिन्न ठाउँका पहिरोले गर्दा पोलहरु ढल्ने, ट्रान्समिटर पड्किने तथा बिबिध प्राबिधिक समस्याका कारण बत्ति झ्याप्प झ्याप्प हुने गरेको नेपाल बिघुत प्राधिकरण बितरण केन्द्र गोरखाका प्रमुख माधब न्यौपानको भनाई छ ।
‘गोरखाका अधिकांश ठाउँमा काठे पोल छ’ उनले भने ‘बर्खाको पानीले गर्दा काठे पोल भाँचिने र ढल्ने गर्छ । ग्रामिण ठाउँमा भनेको समयमै गाडी नजाँदा बत्ति बनाउन जान केही समयनै लाग्छ । त्यसैले समयसमयमा बत्ति जाने गरेको हो ।’ आगामि दिनहरुमा समय समयमा हुने विद्युत अबरुद्धलाई सुधार गर्ने न्यौपानेले बताए ।
सम्बन्धित खबर
गण्डकी प्रदेशद्वारा ६ साहसी आरोही सम्मानित
सरकारद्वारा जारी नियमावलीप्रति इक्यान कास्कीको गम्भीर आपत्ति, तत्काल फिर्ता लिन माग
मापदण्डविपरीत चौपाया ढुवानी गर्ने एक जना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोगको आरोपमा अर्जुनचौपारीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी र मधेशका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता
गण्डकी प्रज्ञा–प्रतिष्ठान कुलपतिमा न्यौपाने
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
पीसीएमको ‘एनुअल फेस्ट–२०२६’ सम्पन्न, सांगीतिक कार्यक्रमदेखि प्रविधि र उद्यमसम्मको आकर्षण
ट्याक्सी, बस लगायतका सार्वजनिक सवारीमा अब भित्र र बाहिर क्यामेरा अनिवार्य, यस्तो छ स्वीकृत मापदण्ड