महेन्द्र जिसी, पर्वत । मोदी गाउँपालिकाको सदरमुकाम पातिचौर देखि वार्ड नं २ को कडेन, मैदान हुदै वार्ड नं १ भुकताङलेको लप्सी बोटसम्मको १२ किलोमिटर बाटो पिच गरिने भएको छ । स्तरोन्नति गर्ने कार्यको एक विशेष समारोह विच राष्ट्रिय सभाअध्यक्ष गणेश तिमिल्सिना र सांसद पदम गिरीले संयुक्त रुपमा विहीबार उद्धघाटन गरे ।
नेकपाका केन्द्रीय सदस्य गुप्त वहादुर हमाल र गाउँपालिका अध्यक्ष प्रेम शर्मा उपाध्यक्ष सेती महत लगायतको सहभागितामा सडकको शिलान्यास गरिएको हो । सयौंको संख्यामा स्थानीय जनताहरुको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममा सांसद ललिता गुरुङ, निवर्तमान सभासद अर्जुन प्रशाद जोशीको पनि उपस्थिति रहेको हो ।
आगामीप् १८ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको सडक गुण्स्तरमा स्थानीय तबर मार्फत चासो बढाउनु आवश्यक रहको प्रमुख अतिथीद्वय गिरी र तिमिल्सेनाले बताए । फेवा जाईन्ड भेन्चर कास्कीले जिम्मा लिएको सडकको ४ मिटर पिच र कुल चौडाइ ६ मिटर रहने सो सडकको लम्बाई १२ किमि रहने छ ।
प्रशिद्ध धर्मिक पर्यटन एवं तीर्थस्थल भवरकोट र देउपुर, भुकको महत्वपूर्ण कृषि सडकको रुपमा यो सडक निर्माण हुँदा विकासका प्रशस्त संभावनाहरु बढ्ने गाउँपालिकाले जनाएको हो ।
सम्बन्धित खबर
पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
पर्वत जिल्ला ईन्टर स्कुल टि–२० क्रिकेट प्रतियोगिता सुरुः नारायण मावि र सरस्वती माविको विजय सुरुवात
पर्वतका ३१ विद्यालयमा विद्यार्थी शून्य, रित्ता विद्यालयमा अझै शिक्षक
पर्वतको लाङ्दीमा पहिरोमा घर पुरिँदा श्रीमान श्रीमतीको मृत्यु
कुश्माबजारको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु