अश्विन दानी, गोरखा । बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ खारुङ्गका गोठे गुरुङको चार जनाको सानो परिवारमा तीन जना अपाङ्ग छन् । परिवारका तीनै जना विभिन्न रोगले ग्रसित भएपनि पैसाको अभावले समयमै उपचार गर्न नसकेपछि अपाङ्ग भएका हुन् । तर, उनीहरुको परिवारका कसैले न अपाङ्ग भत्ता नै पाएका छन्, नत सरकारबाट अन्य कुनै सहयोग !
६० बर्षीय गोठेको परीवारमा श्रीमती दाउरीमाया गुरुङ, जेठी छोरी कृपा गुरुङ र कान्छी छोरी बिमाया गुरुङ छन् । खारुङ्गमा बाँसले बारको सानो झुपडी छ उनीहरुको । अहिले गोठेको परीवारका सदस्यहरुमध्ये उनको नशा सम्बिन्ध रोगको कारण कम्मरबाट मुनीको कुनै भाग चल्दैन, श्रीमती होस समाल्ने भएदेखि नै मानसीक रोगका कारण अर्धचेत अवस्थामा छिन् ।
त्यस्तै, जेठी छोरी पनि मानसिक रोगका कारण बिगत डेढ बर्षदेखि आँखा नदेख्नुको साथै अचेत अबस्थामा पुगेकी छिन् । कृपालाई रोगले ग्रसीत भएपछि घरका सबैले हेला गर्न थालेसँगै उनी माईती घरमै आएर बस्न थालेकी थिईन् ।
परिवारका तीनै जना अपाङ्ग भएपछि परिवारको सबै जिम्मा कान्छी छोरी बिमायाको काँधमा आएको छ । ‘दुई पैसो आउने ठाउँ कतै छैन्’ बिमाया रुँदै भन्छिन् ‘बा, आमा र दिदि सबै आपाङ्ग हुनु भयो । उहाँहरुको उपचार गराउन त के दुई छाक पनि टन्न खुवाँउन सकिँन मैले ।’
१९ बर्षकै सानै उमेरमा बाध्यताले बिहे गरेकी उनको पाँच महिना नबित्दै उनको श्रीमान्को मृत्यु भएको छुट्टै ब्यथा छ बिमायासँग । बिहे गरेको पाँच महिना नबित्दै श्रीमान्को मृत्यु भएपछि बेसाहारा बनेकी उनी अहिले माईती घरकै दुखमा साथ दिँदै आईरहेकी छिन् ।
‘आमा अर्धचेत हुनु भएको केही बर्ष भयो, बालाई नशा सम्बिन्ध गोग लागेको तीन बर्ष भयो, दिदिले आँखा देख्न छाड्नु भएको डेढ बर्ष भयो’ आँखाको आँसु पुछ्दै बिमायाले भनिन् ‘अपाङ्ग बा— आमाको उपचार गराउन नसकेको बेला दिदिपनि अपाङ्ग हुनु भयो । दिदि अपाङ्ग भएपछि उस्लाई पनि घरबाट हेला गर्न थाले अनि हामीसँगै बस्न आउनु भयो ।’ परिवारका सबै बाँकी सबै जना अपाङ्ग भएपनि सरकारले कुनै सहयोग नगरेको भन्दै उनले दुख ब्यक्त गरीन् ।
पैसाको अभाबले उपचारबाट बञ्चित भई अपाङ्ग हुन पुगेको उनीहरुको उपचारका लागि ‘गोठे गुरुङ बाबु छोरी बचाऊ’ अभियान देश बिदेशमा सञ्चालन भईरहेको छ । उक्त अभियान बिगत एक महिनादेखि सुलिकोट गाउँपालिका वडा नं ४ खारुङ्गमा रहेको सिद्धार्थ माविकी शिक्षीका निरुता तामाङको संयोजकत्वमा सञ्चालन भएको हो ।
‘बाबु गोठे र छोरी कृपालाई उपचारका लागि बुधबार काठमाण्डौँको ल्याएका छौँ’ निरुता भन्छिन् ‘देशमा गरीब, दुखिहरुलाई सहयोग गर्ने भनेर बनेका अनेकौँ संस्थाहरु छन् तर यस्तो दुखी परिवारलाई नै कसैको सहयोग छैन् । त्यसैले मैले साथीहरुको साथ र सहयोगमा यो अभियान सुरु गरेको हुँ । सहयोगी हातहरु आउन थालेका छन् । हामी सबै सहयोगी हातहरुलाई स्वागत गार्छैँ ।उहाँहरुको उपचार गर्नका लागि आफ्नो ठाउँबाट सक्दो सहयोग गरिदिनुहुन सबैलाई बिनम्र अनुरोध गर्न चाहान्छु ।’
यो अभियानमा साथ दिनेहरुमा साउदीबाट सन्दीप श्रेष्ठ, जापानबाट ईश्वर ढकाल, काठमाण्डौँबाट ईश्वर पनेरु, गीता अधिकारी तथा अन्य साथीहरुले सहयोग गरीरहेको तामाङले जानकारी दिईन् । सहयोग गर्न चाहाने सहयोगीहरुले ९८०५८८६८९४, ९८१३८६९५१३, ९८१६१७५५७७ मा सम्पर्क गर्न सकिने तामाङले बताईन् ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु