अश्विन दानी, गोरखा । कुखुरा काटेर बेच्ने भन्दा कुखुरा पाल्नेलाई कम फाइदा छ भन्दा अचम्म पर्नुहोला । हो, कुखुरा र यसको मासुको मूल्य निर्धारण गर्ने निकाय नहुँदा बढी श्रम गर्ने र लामो समयसम्म मेहनत गर्ने कुखुरापालक मर्कामा परेका छन् ।
गोरखामा मासुको मुल्य निर्धारण गर्ने कुनै निकाय नहुँदा कुुखुरा पालकहरुले कम आम्दानी गर्दै आइरहेका छन् । मासुको मुल्य निर्धारण गर्ने निकाय नभएकाले मासु ब्यबसायीहरुले मनपर्दी मुल्य निर्धारण गर्ने गरेकाले कुखुरा ब्यबसायीहुले घाटा ब्यहोर्ने गरेको कुखुरा पालकहरु बताउँछन् ।
सातसमुन्द्रपारी दुबैमा पाँच बर्षसम्म पसिना बेचेर २०७१ सालमा नेपाल फर्किएर गोरखा नगरपालिका ३ घलाङका आनन्द खड्काले ब्यबसायिक कुखुरा पालन सुरु गरेको बताउँछन् । ब्यबसाय सञ्चालन गरेपनि मास’को उचित मुल्य नपाएपछि उनी अलि दोधारमा छन् ।
‘बिदेशमा त बरु दुख गरे अनुसारको मुल्य पाईन्थ्यो’ खड्का भन्छन् ‘मासु ब्यबसायीहुले उनीहरुकै खुसीमा मुल्य तोक्छन् । देशमै केही गरौँ भनेर आयो समस्या ज्यूँको त्यूँ । आफ्नो देशमा दिनरात खटिरहँदा पनि उचित मुल्य निर्धारण नहुँदा घाटा ब्यहोर्नु पर्छ ।’
फाईदा हुन्छ भनेर गरेको ब्यवसाय कहिलेकाहीँ लगानी पनि नउठ्दा निराश हुनु परेको उनको भनाई छ । ‘केही फाईदा होला भनेर दिनरात खट्यो मासु ब्यसायीसँग हिसाव गरेर फाईदा लिन जाँदा क्रृण बोकेर फर्कनु पर्छ’ उनले भने ‘मासु ब्यबसायीहरुले आफ्नै मनोमानीमा मुल्य तोक्ने गरेपछि श्रमको मुल्य नपाएको उनको गुनासो छ ।
कुखुरा पालकले मासुको उचित मुल्य नपाएर घाटा ब्यहोरी रहँदापनि गोरखा बजारमा मुल्य यथावत नै रहने गरेको छ ।
‘मास’ ब्यबसायीहरुले कुखुरा लगेर हिसाव बुझ्न नबोलाएसम्म यो पटक कुन भाउमा कुखुरा बेचियो भन्ने पनि थाहा हुँदैन्’ सोही ठाउँका अर्का कुखुरा ब्यबसायी श्रेत्रबहादुर दानी भन्छन् ‘मैले कुखुरा बेचेको एक हप्ता मात्रै भयो । अहिले बजारमा मासुको मुल्य प्रति केजि तीन सय रुपैँया छ । तर, मैले मासु ब्यबसायीले प्रति केजि एक सय ६५ रुपैँया मात्रै दिने भनेका छन् ।’ ब्यापारीहरुले आफ्नो हिसाबले मुल्य तोक्दा कुखुरा पाल्नेहरु समस्यामा परेको उनको भनाई छ । ‘ कुखुरा फर्मबाट लगभग एक घण्टा टाढा आईपुगेपछि कुखुराको मुल्य दोब्बर जस्तै हुन्छ । अनि हामी भने सधैँ घाटा ब्यहोरी राख्नु पर्ने’ उनी भन्छन् ।
गोरखा मासुको मुल्य निर्धारण गर्ने कुनै समिति नभएको उद्योग बाणिज्य संघ गोरखाका अध्यक्ष जीवन ज्वोती श्रेष्ठले बताए । ‘वडा दशैँको समयमा उद्योग बाणिज्यले मासुको मुल्य निर्धारण गर्छ’ उनले भने ‘अन्य समयमा मासु ब्यबसायीहरुले आफुखुसी मुल्य तोकी रहेका छन् ।’
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा