पोखरा, ३ साउन । स्वतन्त्र विद्यार्थी युनियन, पश्चिमाञ्चल क्याम्पस लामाचौरको आयोजनामा आजदेखि राष्ट्रिय स्तरको टेक्निकल फेस्टिवल हुँदैछ । आगामी ५ गतेसम्म क्याम्पस परिसरमा चल्ने फेस्टिवलको तयारी पूरा भएको आयोजक स्वतन्त्र विद्यार्थी युनियनले जानकारी दिएको छ । आज एक समारोहका बीच पर्यटनमन्त्री रविन्द्र अधिकारीले उद्घाटन गर्दैछन् ।
‘सूचना प्रविधिको प्रयोग, पूर्वाधार विकासमा बल, व्यवहारिक ईञ्जिनियरिङ शिक्षाका लागि एफएसयू टेक्निकल फेस्टिवल’ नाराका साथ भेक्टरः डाइरेक्ट योर भिजन नाम दिएर फेस्टिवल आयोजना गरिएको हो । तीन दिनसम्म चल्ने फेस्टिवलमा प्रविधिका क्षेत्रका नयाँ आविष्कार लगायत प्रविधिसँग सम्बन्धित विषयबस्तु प्रदर्शन गरिनुका साथै ईञ्जिनियरिङ विद्याका विभिन्न प्रस्तुति देखाइने स्ववियु सभापति इन्द्र पौडेलले बताए ।
फेस्टिवलमा प्रदर्शनका लागि स्मार्ट सिटी, क्लिन इनर्जी, पर्यटन, कृषि, शिक्षा थिममा प्रोजेक्ट प्रस्तुत गरिने संयोजक किरण तिवारीले जानकारी दिए । यस्तै, इञ्जिनियरिङ विद्यार्थीका प्रोजेक्ट, रोबोट प्रदर्शन, कोड क्याम्प २०१८, दुई प्रोजेक्ट, रोबोट फुटवल प्रतियोगिता, सेमिनार, खेलकुद तथा बिबिध सांस्कृतिक कार्यक्रम पनि समावेस गरिएको संयोजक तिवारीले जनाए ।
तीन दिनसम्म सञ्चालन हुने फेस्टिवलमा विभिन्न इञ्जिनियरिङसँग सम्बन्धित कलेज, यूनिभर्सिटी, सफ्टवेयर कम्पनी, सरकारी तथा गैरसरकारी संस्थाहरुको गरी ८० बढी स्टल रहने आयोजकले जनाएको छ ।
न्यु टेक्निकल वाटर प्रुफिङ एन्ड रिहाविलेसन प्रालिको मुख्य प्रायोजनमा हुने सो फेस्टिवल सम्पन्न गर्न करिव २१ लाख खर्च लाग्ने अनुमान गरिएको छ भने फेस्टिवल अवधिभर करिव २० हजार बढीले अवलोकन गर्ने संयोजक तिवारीले बताए । नेपालका उत्कृष्ट ईञ्जिनियरिङ कलेजहरुबाट सहभागिता रहने आयोजकले जनाएको छ ।
फेस्टिवलको सहप्रायोजकका रुपमा बिग एफएम १०१.२ रहेको छ भने पोखरा महानगरपालिका, गण्डकन्युज डटकम, मार्केटसंसार डटकम, प्रफेक्ट क्रियसन, नेपाल पर्यटन बोर्ड, आयुसा इन्टरनेसनल, एशियन पेन्ट, उत्साह एड्भर्ट, शिवम् सिमेन्ट, पोखरा बस व्यवसाय समिती लगायतले सहकार्य गरेका छन् ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह