पोखरा । पोखरा सिर्जनाचोक स्थित पोखरा मल्टिमोडल क्याम्पसले विद्यार्थीहरुलाई कसरी प्रभावकारी ढंगले अध्यापन गराउनेबारे प्राध्यापक, शिक्षकलाई अभिमुखीकरण गरेको छ ।
कार्यक्रममा प्राध्यापक नगेन्द्र बहादुर भण्डारीले विद्यार्थी र प्राध्यापकहरु बीचको मनोविज्ञानको सम्बन्धमा कार्यपत्र प्रस्तुत गरे । भण्डारीले प्रध्यापकहरुले विद्यार्थीहरुको मनोभावना बुझी पठनपाठन गराएको खण्डमा विद्यार्थीहरुले प्रभावकारी ढङ्गले सिक्न सक्ने तर्फ जोड दिए ।
क्याम्पस प्रमुख कृष्णबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका संयोजक बाबुराम लामिछानेले पाठ्य योजना सम्बन्धमा अवधारणापत्र प्रस्तुत गरे । उनले प्राध्यायपकहरुले पाठ्य योजना तर्जुमा गरि पठनपाठन गरेको खण्डमा विद्यार्थीहरु लाभान्बित हुने उल्लेख गरे ।
उक्त कार्यपत्रहरु माथि प्रध्यापक टोप बहादुर थापाले टिप्पणी गरेका थिए । पोखरा मल्टिमोडल प्रा.लि.का अध्यक्ष लिलाधर बरालले सिकेका ज्ञान अनुभवलाई व्यवहारमा उतार्न सम्पूर्ण प्राध्यापकवर्गलाई अनुरोध गरे ।
उक्त अवसरमा पोखरा मल्टिमोडल प्रा. लि. का सल्लाहकार प्रा.डा.यदुन्नदन उपाध्यायले धन्यवाद ज्ञापन गरे । कार्यक्रममा पोखरा मल्टिमोडल क्याम्पसका सम्पूर्ण प्रध्यापकहरुको सक्रिय सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?