अश्विन दानी, गोरखा । एकसातादेखि निरन्तर परेको पानीका कारण भुइँचालोले थिलोथिलो भएको घार्चे गाउँपालिका—७ खानीगाउँमा धाजा फाटेको छ । गाउँभित्र धाजा फाटेपछि डरले गर्दा स्थानीय १२ घरधुरी बिस्थापित भएका छन् भने गाउँ नै जोखिममा परेको छ ।
खानीगाउँमा हाल ७३ घरधुरी बसोबास गर्ने गरेको स्थानीय सचिन गुरुङले जानकारी दिए । ‘७३ मध्ये ११ जनाको घर पहिरोले तान्न लागेको छ’ गुरुङले भने, ‘जुनसुकै बेला पनि पहिरोले लान सक्ने भएपछि अति जोखिम १२ परिवारले घर छोडिसके ।’ त्यहाँबाट बिस्थापीत हुने घरमा मानिसहरु दिनभरी बारीमा काम गर्ने र रातपरेपछि आफन्तको घरमा गएर बस्ने गरेको उनले बताए ।
पुन्दराम गुरुङ, सेते गुरुङ, चित्रा गुरुङ, कान्छा गुरुङ, माहिला गुरुङ, चन्द्रमान गुरुङ, शेरमान गुरुङ, गर्बु गुरुङ, मन्थल गुरुङ, बनघरे गुरुङ, सुकपल गुरुङ, कान्छा गुरुङ, उतपाल गुरुङ, आशबहादुर गुरुङ, सोममाया गुरुङ, बिमान गुरुङ, बिमाया गुरुङ, सचिन गुरुङ र बिसराम बिकको परिवार विस्थापित भएको उनले बताए । ‘साँझ बिहानको खाना खान मात्र घरमा आउँछन्, बाहिरै काम गर्छन, बाहिरै बस्छन’ गुरुङले भने
जोङकङडाँडाबाट झरेको पहिरोले गाउँभित्र धाजा फाटेको स्थानीयको भनाइ छ । तीनवर्षअघिको भूकम्पले जोङकङडाँडा करिब तीनसय मिटर होचो हुने गरी पहिरो गएएपछि डाँडाभन्दा तल रहेका बस्तीका बासिन्दा त्रसित छन् ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा