दिल्ली । भारतमा चाटर्ड एकाउन्टेन्सी (सीए) अध्ययनरत विद्यार्थी आबद्ध संगठन हातेमालो नेपाली विद्यार्थी समूहले अन्तर्राष्ट्रिय स्तरमा देशविदेशका विविध आर्थिक गतिविधिलाइ समेटेर इन्टरनेशनल इकोनोमिक कन्क्लेभ २०१८ सम्पन्न गरेको छ ।
वल्र्ड अर्गनाइजेशन फर स्टुडेन्ट्स् एण्ड युथसंगको सहकार्यमा आयोजित सो आर्थिक सम्मेलनमा नेपाल, भारत सहित विश्वभरका अर्थव्यवस्थाका विषयहरूमा राष्ट्रिय, अन्तर्राष्ट्रिय आर्थिक विज्ञहरुले चर्चा गरे ।
सन् २००९ मा विकासका लागि शैक्षिक, साँस्कृतिक, मनोरञ्जनात्मक तथा सामाजिक कार्य गर्दै आएको सो विद्यार्थी संगठनले प्रत्येक वर्ष यस्तो कार्यक्रम गर्दै आएको छ ।
उक्त अन्तर्राष्ट्रिय आर्थिक गोष्ठीमा प्रमुख अतिथिका रुपमा नेपाली दूतावासबाट इकोनोमिक मिनिस्टर कृष्णहरि पुष्कर थिए । कार्यक्रममा विशिष्ट अतिथि वक्तामा भारतीय जनता पार्टीका कोषाध्यक्ष तथा बैंक अफ बरोडाका निर्देशक सीए गोपाल कृष्ण अग्रवाल रहेका थिए । उनले ग्लोवल इकोनोमी, जिएसटी र बैंकिङ सेक्टर विषयमा चर्चा गरे ।
त्यस्तै, वल्र्ड अर्गनाइजेशन फर स्टुडेन्ट्स एण्ड युथ अध्यक्ष तथा म्यागेजिन इनर्जी लाइभ एण्ड इन्फ्रा लाइभकी सम्पादक डा. रश्मी दाशले वुमन लिडिङ द इकोनोमी अ भिजन टु पार्टिसिपेटिभ ग्रोथ विषयमा भारत, नेपाल तथा विश्वमा आर्थिक क्षेत्रमा महिलाको सहभागिताको बारेमा विशेष चर्चा गरिन् ।
यस्तै, अर्का अर्थविज्ञ सीए नागेन्द्र शाहले भारतीय तथा नेपाली स्टक मार्केटका बारेमा विस्तृतमा जानकारी गराए । ग्लोबल आइकन अवार्ड समेत जितिसकेका सीए हिमांशु बक्षीले आफ्नो जीवन कथा सुनाउँदै सबै उपस्थित विद्यार्थीहरुलाई हौसला प्रदान गरे । पिएचडी स्कोलर अम्बिका प्रसाद जोशीले संघीयताको विषयमा विविध जानकारी प्रदान गरे । सिए फाईनल सुभाष अर्यालको इकमर्शको बारेमा प्रस्तुति रहेको थियो भने अर्का वक्ता कविन्द्र श्रेष्ठले स्टार्टअपको बारेमा प्रस्तुती दिएका थिए।
कार्यक्रममा भारतमा सीए अध्यनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा , नेपाल टुरिज्म, भिजिट नेपालमासविता महतराले प्रस्तुति दिइन्। नेपालको कला संस्कृति प्रवद्र्धनका लागि सांस्कृतिक नृत्य पनि समावेश गरिएको थियो ।
निःशुल्क रुपमा आयोजित उक्त अन्तराष्ट्रिय कार्यक्रममा तीन सय बढी नेपाली तथा भारतीय विद्यार्थीहरु, विभिन्न युनिभर्सिटीका प्रतिनिधिहरु, सार्क तथा अफ्रिकन प्रतिनिधिहरुको उपस्थिती थियो।
हातेमालो नेपाली विद्यार्थी समूह अध्यक्ष आयुष्मा अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव गोविन्द आचार्य तथा कार्यक्रम संयोजक एवं समूहका सहसचिव समृद्धि ढकाल लगायतले सहभागीलाई मायाको चिनो प्रदान गरे । कार्यक्रम सञ्चालन बोर्ड सदस्य सूर्य हमाल तथा निर्जा बेहेतेले गरेका थिए ।

सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर