सुन्दरकुमार थकाली,मुस्ताङ
मितिः२०७५।०४।२१
वर्षायामको समय कालिगण्डकी नदीको पानीको सतह अत्यधिक रुपमा बृद्धि भएपछि नदी कटानका कारण कागबेनी देखि तीरी जोड्ने काठेपुल बगाएको छ ।
केही दिन अघि छुसाङ हुँदै बहने कालिगण्डकी नदीको बहाव अत्यधिक रुपमा बृद्धि हुदै जान थालेको हो ।सो क्रममा सोमवार साँझ कालिगण्डकी नदीले काठेपुल ढाँकिने गरी उर्लिएपछि क्षति पुगेको कागबेनी निवासी सोानाम फुर्वा गुरुङले जानकारी दिए ।नदीले पुललाई पुरै नबगाएपनि बीचको भाग भाँचिएर नदी तर्फ ढल्किएको छ ।नदीको उन्माद अझै बृद्धि भए रातभरीमा पुरै पुलको संंरचनानै बगाएर लैजान सक्ने उनको भनाई छ ।
करिव २ वर्षअघि साविकको जिल्ला बिकास समिति तथा पुर्व वाणिज्यमन्त्री रोमी गौचन थकालीको सांंसद बिकास कोषको करिव १३ लाख संयुक्त लगानी र स्थानीय जनश्रमदान जुटाएर निर्माण गरिएको उक्त पुल संञ्चालनमा आएपछि वारागुङ मुक्तिक्षेत्र गाउँपालिका तीरीका करिव २० घरधुरी लाभान्वित भएका थिए ।काठेपुल निर्माण भएपछि पुर्व वाणिज्यमन्त्री रोमी गौचन थकाली र पुर्व सांसद श्रीमाया थकालीले सयुक्त रुपमा उद्घाटन गरेका थिए ।पुल संञ्चालन भएपछि कागबेनी र तीरीका स्थानीय तथा बैकल्पिक पदमार्ग हुँदै उपल्लो मुस्ताङ जाने पर्यटकलाई आवत जावतमा सहज हुदै आएको थियोे ।
त्यसो त कागबेनीका स्थानीयले पालन गरेका चौपाया समेत सोही पुल हुँदै तीरी गाउँ नजिकैको चरनक्षेत्रमा लैजाने गर्थे ।नदीले पुल बगाएपछि तीरी गाउँ र कागबेनी गाउँका स्थानीयवासी दुखित भएको स्थानीय सोनाम फुर्वा गुरुङले जानकारी दिए ।उक्त काठेपुल प्रसिद्ध धामिक श्राद्ध स्थलको धर्मशाला नजिकै पर्दछ ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला