सुन्दरकुमा थकाली, मुस्ताङ । प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको रानीपौवामा अवस्थित बसपार्क निर्माणमा स्थानीय गाउँमुखिया र स्थानीय क्लवको महत्वपूर्ण योगदान रहेको जनाउदै उक्त स्थानमा उठाईने पार्किङ शुल्क गाउँपालिकाले उठाउने होईन, रानीपौवावासीलेनै उठाउन पाउनुपर्ने माग राख्दै शुक्रबार बिरोधमा उत्रिएका रानीपौवावासीहरु अन्नतः सहमतीको बिन्दुमा आईपुगेका छन् ।
वारागुङ मुक्तिक्षत्र गाउँपालिकाका प्रशासकिय अधिकृत दिपक रेग्मीका अनुसार स्थाानीयवासी र गाउँपालिकाबीच भएको सौहार्दपुर्ण वार्तापछि रानीपौवावासी सहमतीको बिन्दुमा आएको जानकारी दिए।वार्तामा गाउँपालिका भित्रको हरेक भौतिक संरचनामा उठ्ने राजश्वमा सबै वडाहरुको उक्तिकै स्वामित्व रहने र यसलाई गाउँपालिकाको ईजाजत बिना साबिकको जस्तो कुनै व्यक्ति ,गाउँसमाज,समुह र क्लव, आदीले मनोमानी ढं®ले उठाउन नपाईने बताए । उनले वार्तामा गाउँपालिकाले बिकास र राजश्वका बारेमा रानीपौवावासीलाई राम्ररी जानकारी दिएर आश्वस्त पारिएको बताए ।सहमतीपछि स्थानीयवासीले पार्किङ शुल्क उठाउने ठेक्काका लागि डेन्डर खसालेको गाउँपालिकाले जनाएको छ ।
यसअघि गाउँकार्यपालिकाको निर्णय अनुसार मुक्तिनाथको रानीपौवा बसपार्क र कागबेनीको धर्मशाला नजिकैको बसपार्कमा सवारी पार्किङ शुल्क उठाउने १५ दिने सूचना प्रकाशित गरेको थियो ।गाउँकार्यपालिकाले ५ लाख रकम नघ्ट्ने गरी बढिबढाउमा टेन्डर आहवान गरेको अन्तिम दिनमा स्थानीयले बिरोध गरेको प्रशासकिय अधिकृत रेग्मीले जानकारी दिए ।रानीपौवाका स्थानीयले भने बसपार्क निर्माणमा क्लव र गाउँले सबैको योगदान रहेको भन्दै गाउँपालिकाले रकम उठाउन नपाउने तर यस वापत केही रकम गाउँपालिकालाई बुझाउने आशय सहित बिरोध प्रर्दशन गरेको रेग्मीको भनाई छ ।सुरुआतमा मुक्तिनाथ बसपार्कको ट्याक स्थानीय जनप्रिय युवाक्लवले निर्माण गरेको बुझिएको छ ।त्यसपछि डोलीडारले कागबेनी देखि मुक्तिनाथ सडक कालोपत्रे गर्ने शिलशिलामा मुक्तिनाथको रानीपौवा बसपार्क फराकिलो र कालोपत्रे गरेको हो ।
हिमालपारी मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिरको दर्शन तथा कागबेनीधामको पवित्र श्राद्ध स्थलमा वर्षेनी हजारौको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक कागबेनी र मुक्तिनाथ आउने गरेका हुन्छन् ।यहाँ आउने सवारी साधनबाट उठाईने पार्किङ शुल्कले वारागुङको बिकासमा सहयोग पुग्ने रेग्मीको भनाई छ ।यसअघि रानीपौवावासीले ब्यानर र प्लेकार्ड सहित गाउपालिका कार्यालय आईपुग्दा अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङ र प्रशासकिय अधिकृत दिपक रेग्मी वारागुङ १ खि®ा र झारकोट गाउँमा उपभोक्ता समिति गठनका लागि सो स्थानमा पुगेका थिए ।यता, रानीपौवावासीले कार्यालयमा बिरोध र धर्ना दिएको खबर सुन्ने बिक्तिकै अध्यक्ष र प्रशासकिय अधिकृत गाउँपालिका फर्किएर वार्ता गरेका थिए ।
सम्बन्धित खबर
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
अन्नपूर्ण ट्रेक र मुस्ताङमा पर्यटकको लर्को
बागलुङमा मुस्ताङी च्याङ्ग्राको आयातमा कमी
मार्चेः मुस्ताङको एक लुकेको स्वर्ग [फोटो फिचर]
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’