पोखरा । नेपालमा कुनै हिरोकै नाममा पहिलो पटक शहर–शहरमा कार्यक्रम हुँदैछ । आफ्नो स्टारडम प्रमाणित गरिसकेका पछिल्लो पुस्ताका नायक अनमोल केसीको नाममा पोखरामा भदौ १६ गते ‘अनमोल ईभ — २०१८’ हुँदैछ ।
नेत्रहिन महिला संघको सहयोगार्थ हुन लागेको कार्यक्रममा अनमोलले बिना पारिश्रमिक आफ्नो प्रस्तुति राख्नेछन् । केसीले स्टेजमा कम्मर मर्काउन लागेको यहाँ पहिलो पटक हो । केसीले नाचेर गाएर आफ्नो फ्यानहरुलाई मनोरञ्जन दिने आयोजकले जनाएको छ ।
‘अनमोल ईभ’ मा अनमोल सँगै अहिलेकी हट नायिका प्रियंका र भिटेनको पनि एकसाथ स्टेजमा प्रस्तुतिरहने छ । मोनिका ईन्टरनेशनल र स्पेक्स १४ को आयोजनामा पोखराको अमरसिहं चौरमा दिउँसो २ बजेदेखि हुने कार्यक्रममा प्रवेश गर्न ३ हजार, १ हजार र ५ सय सहित न्युनतम २ सय सम्मको टिकट को व्यवस्था गरिने ईभका संयोजक कमल जिसीले बताए ।
पोखराको पर्यटन पर्वद्धन गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको ईभमा अनमोल, प्रियंका, भिटेन सहित डिजे ससपोईजन, डिजे बिरेन तथा ड्रिमर्ज ब्यान्ड लगायत स्थानिय प्रस्तुति पनि रहनेछ । कार्यक्रमबाट आम्दानी भएको रकमको लागत कटाएर नेत्रहिन महिला सघं नेपाललाई सहयोग गर्ने लक्ष्य रहेको जिसीले बताए । कार्यक्रम पोखरा सहित बुटवल, चितवन, झापा र काठमाडौंमा पनि आयोजना हुँदैछन् ।
अनमोल ईभ पोखराका व्यवस्थापक एवं स्पेक्स १४ का प्रमुख महेश्वर भण्डारीले कार्यक्रम सफल पार्न कलेज क्याम्पेन, पोखरा आसपास क्षेत्रका नगरपालिका गाउँपालिकामा सडक नाटक गरिने बताए । मुख्य प्रायोजन किङफिशरले गरेको छ ।

एक्सेस एडुकेशन, सेगा कम्प्युटर्स र टाटा नेक्जनले सह प्रायोजन गरेको छ । सहयोगी संस्थाहरुमा रोट्रयाक्ट क्लब अफ अन्नपुर्ण, ईन्फरम्याटिक्स कलेज, लायन्स क्लब अफ पोखरा ब्युटी सिटी, वि आर वान, एग्बोसा तथा न्युुक्लियस रहेका छन् ।
नेत्रहिन महिला संघ नेपालकी उपाध्यक्ष सरस्वती आचार्यले आफनो संस्थालाई सहयोग गर्ने हेतुले यस्तो कार्यक्रमको आयोजना गर्न लागेको खबरले आफू हर्षित रहेको बताईन् ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?