पोखरा, २६ साउन । लायन्स क्लब अफ पोखरा कालिका भ्यु टाउनले शनिबार वृक्षरोपण कार्यक्रम गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर २८ को शान्ति मैदानदेखि ठूलाकोटसम्म निर्माण गरिएको फुटट्र्याकको दायाँबायाँ वृक्षरोपरण गरिएको हो ।
लायन्स क्लब इन्टरनेसनल ३२५ बीवानका सिनियर एओजी सुचित्रा थापाले बिरुवा रोपेर सुरु गरेको कार्यक्रममा जोन चियर पर्सन डोलबहादुर थापा, पोखरा २८ का वडाध्यक्ष निर्मल दियाली सुनार, क्लबका पदाधिकारी, सदस्यले बिरुवा रोपेको पब्लिक रिलेसन अफिसर दिनेशबाबु खड्काले जानकारी दिए ।
कार्यक्रममा धुपी, तेजपत्ता, कपुर, चाँप र विभिन्न फूलका बिरुवा गरी १ सय ५० वटा रोपिएको कार्यक्रम संयोजक खगेन्द्र भण्डारीले जानकरी दिए । बिरुवा जिल्ला वन कार्यालय कास्कीले उपलब्ध गराएको थियो ।
लायन्स क्लब अफ पोखरा कालिका भ्यु टाउनका अध्यक्ष नारायणप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सिनियर एओजी सुचित्रा थापा, जोन चियर पर्सन डोलबहादुर थापाले एतिहासिक ठूलाकोटलाई पर्यटकीय गन्तव्य बनाउन लायन्सले सहयोग गर्ने बताएका थिए ।
वडाध्यक्ष निर्मलदियाली सुनारले कालिकालाई पर्यटकीय गन्तव्य बनाउन वडा लागि परेको बताए । क्लबले प्रत्येक महिना एउटा सामाजिक कार्य गर्ने तालिका बनाएको छ । वृक्षरोपण कार्यक्रमको सञ्चालन क्लबका सचिव शुक्रराज अधिकारीले गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह