नेगम परियार, मनाङ । जिल्ला प्रहरी कार्यालय चामे मनाङले गाँजा नष्ट तथा फडानी कार्यक्रमलाई तिब्रता दिएको छ । जिल्लाका विभिन्न स्थानमा उम्रिएका तथा संरक्षण गरिएका गाँजाका बोटहरु पुर्ण रुपमा फडानी गरि नष्ट गरेको छ ।
जिल्ला भरी नै यो अभियान सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय चामे मनाङका प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले बताए । चार वटा गाउँपालिका रहेको यस जिल्लाको माथिल्लो भेग मनाङ ङिस्याङ गाउँपालिकामा गाँजा फडानी तथा नष्ट कार्यक्रमको लागि सिमा प्रहरी चौकी हुम्डे, चामे गाउँपालिकाको लागि जिल्ला प्रहरी कार्यालय चामे, नाशोङ गाउँपालिका ३ धारापानी आसपासका क्षेत्रहरुको लागि सिमा प्रहरी चौकी धारापानी र तालगाउँको लागि प्रहरी चौकी तालका प्रहरी स्थानीयवासी खटिए ।
त्यस्तै, नार्पाभुमि गाउँपालिकामा पनि सोहि स्थानको प्रहरी चौकीका प्रहरी तथा स्थानीहरुद्वारा गाँजा फँडानी तथा नष्ट गरिएको छ । प्रहरी प्रधान कार्यालय काठमाडांैको आदेशमा देशै भरी गाँजा फडानी तथा नष्ट अभियान सञ्चालन गरिएकोले मनाङ जिल्लामा पनि यस अभियानलाई तिब्रता दिएको जिल्ला प्रहरी कार्यालय चामे मनाङका प्रहरी निरिक्षक बिनोद श्रेष्ठले जनाए ।
मनाङ जिल्लामा हरेक गाउँ गाउँमा १५-१५ दिनको अन्तरमा यस अभियानलाई निरन्तरता दिने गरेको प्रहरी निरिक्षक श्रेष्ठले बताए । मनाङमा गाँजा फडाँनी तथा नष्ट पार्ने कार्यक्रम असार बाटै सुरु गरिएको हो ।

सम्बन्धित खबर
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !