नेगम परियार, मनाङ । हिमालपारीको जिल्ला मनाङ जिल्लामा आधा दर्जन पक्की पुलको निर्माण एक साथ भइरहेको छ । एकै कम्पनीले ६ वटा पुल निर्माण गरिरहेको हो । द क्याराभान कन्ट्रकसन प्रा.लि “ग्याल्बा द क्याराभान जेभी” बौद्ध, काठमाडौले जिल्लामा ६ वटा पुल निर्माण गरिरहेकोमा एउटा मात्र निर्माण कार्य सम्पन्न भएको छ ।
मनाङ र लम्जुङको सिमाना म्यार्दी खोलामा बेलिब्रिज पुल केहि समय अगाडि मात्र सम्पन्न गरेको छ । लम्जुङ र मनाङको सिमाना म्यार्दी खोलामा २ करोड ५ लाख १७ हजारको लागतमा बेलि ब्रिज पुल निर्माण गरेको हो । उक्त पुल २४.३८४ मिटर लम्बाई र ४ मिटर चौडाई रहेको छ भने हाल सो पुलमा सवारी साधन चल्न सुरु भई सकेको छ । मनाङबासी, आन्तरिक तथा बाह्य पर्यटकहरु ढुक्कसंग यात्रा गर्न सकिने भएको स्थानीहरुले बताउँछन ।
बिशेष गरी बढी समस्या र अति जोखिम हुने खोलाहरुलाई मध्यनजर गरि जिल्लाभित्र ६ वटा पुलनिर्माण कार्यको ठेक्का पटटा दिएको मनाङ जिल्लाको सडकको निरिक्षण तथा सडकका समस्या समाधान गर्दै आएको सडक डिभिजन कार्यालय तनहुँले जानकारी दिएको छ । जिल्लामा ६ वटा पुलमध्ये एक पुर्णरुपमा सम्पन्न भई सकेको छ । अब बाकीँ रहेको ५ वटा पुलको काम पनि चाँडो भन्दा चाँडो सकिने कम्पनीले बताएको छ । कम्पनीले चाँडो सकिने भनिरहँदा यता मनाङ ङिस्याङ गाउँपालिका अन्तरगतको मुङजेको पुल भने र्निमाण कार्य सुरु नै गरिएको छैन ।
म्यार्दी खोलाको पुल पुर्ण रुपमा सम्पन्न भए पछि तिमाङ खोलामा पनि पुल र्निमाण कार्य तिब्ररुपमा अगाडी बढेको र तिमाङ खोलाको पुलपनि सडकको समस्या नआएमा चाडै नै सकिने जनाएको छ । यता, मनाङ ङिस्याङ गाउँपालिकाको पिसाङ छा्रताङ खोलामा निर्माणधिन अवस्थामा रहको पुलको निर्माण कार्य पनि तीब्र रुपमा अगाडि बढेको उक्त पुलका सुपर भाईजर सूर्य बि.क ले बताए ।

मनाङ सडकमा समस्या नआएमा अबको दुई महिनामा पिसाङ छा्रताङ खोलाको पुल पुर्ण निर्माण हुने उनले बताए । उक्त निर्माणधिन अवस्थामा रहेको पिसाङ छा्रताङ खोलामा बन्दै गरेको पुलपनि बेलिब्रिज ढलान हो यस पुलको लम्बाई २५ मिटर र चौडाई ११ मिटर रहने उक्त पुल निर्माणका सुपर भाईजर सूर्य बि.क ले बताए ।
उनका अनुसार उक्त पुलको ८० प्रतिशत काम सकिसकेको छ । पिसाङको छा्रताङ खोलाको पुलनिर्माण पस्चात् बर्खाको समयमा हुने क्षती तथा माथिल्लो भेगका स्थानीय, पर्यटक र सवारी साधनहरुमा सहज भई लाभ मिल्नेछ । बर्ष नै पिच्छे बर्षाको समयमा यस स्थानमा बाढी आउने साथै हिउँपहिरो समेत आउने समस्याले धेरै धनजनको क्षती हुँदै आएकोमा अब उक्त पुल निर्माण पस्चात यस्ता घटना तथा क्षतिबाट राहत पाउन सकिने भएको छ ।
सम्पन्न पुल बाहेक अन्य ४ वटा पुलको काम अन्तिम अवस्थामा रहेको र काम सुरु नभएको मुङजे खोलाको एक पुल पनि चाँडै नै काम सुरु गरिने बिकले बताए । पिसाङको छा्रताङ खोलामा निर्माणधिन पुलमा नजिकै रहेको पिसाङको एक मात्र घट्टामा सोहि खोलाको पानीबाट चल्ने भएको ले कामलाई निरन्तर गर्नमा थप समस्य ाभएको उनले बताए ।
सो स्थानको एक मात्र घट्टा भएकोले दुबै तिर समस्यान हुने गरि काम संचालन गरिएको छ ।
यस बर्ष भित्र जिल्लाभित्रका ठेक्का पाएको सम्पुर्ण पुलहरुको काम सकिने कम्पनीको योजना रहेको छ । उक्त कम्पनीले मनाङको चामेबाट स्वर्गद्धारी सम्मको करिब ८ किलो मिटर सडक स्तर उन्तीको कामपनि सम्पन्न गरिसकेको छ । जिल्लामा निर्माणधिन यि छ वटा पुलले पनि मनाङ जिल्लालाई धेरै राहात मिल्न सक्छ । यस्ता पुल अझै पनि जिल्लाका हरेक ठाउँ ठाउँमा बनाउन आवस्यक रहेको छ ।
सुरुवाती अवस्थामा यि छ वटा पुलबाट पनि धेरै मद्धत पुग्ने देखिन्छ । यस्तै अझै तिमाङ छहरा, चामे बजारको खोला, अपर पिसाङ जोड्ने मस्र्याङदी नदी जस्ता खोला तथा नदीहरुमा पनि पुलको अति आवश्यकता रहेको छ । जसले पर्यटकमात्र नभई स्थानीयलाई समेत सहजता मिल्छ ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु