नेगम परियार, मनाङ । मनाङको नाशोङ गाउँपालिका २ नाचैँ गाउा र वडा नं ५को थोँचे गाउँ जोड्ने ड्रोना खोलामा ४ बर्ष अगाडी निर्माण गरिएको ताम्राङ पुल नेपालकै अग्लो भएको प्राबिधिकहरुले दाबी गरेका छन ।
खोलाको पानीको सतहबाट ४१२ मिटर उचाईमा रहेको यस पुलको लम्बाई १३५ मिटर छ । केहि दिन अघि मात्र उक्त पुलको नाप जाँच गरिएको थियो । नाशोङ गाउँपालिकाका ईन्जिनीयर सुभास पाण्डेको टोलीले नाप लिए पछि मात्र उक्त पुलको बास्तबिक उचाई पत्ता लागेको हो ।
अहिलेसम्म यस पुलको उचाई नाप्ने प्रयास कोहि कसैले पनि गरेको थिएन । सो पुलको २०७२ सालमा निर्माण गरिएको पुल बिश्वकै पाचौँ नम्बरमा पर्न सफल भएको छ ।
बिश्वको तथ्याङ्क अनुसार सबै भन्दा अग्लो पुल चीनमा रहेको छ । चीनको डुङग्रे ब्रिज पुल ५६५ मिटर अग्लो रहेको छ । क्रमश चीनकै सिदु पुल ४९६ मिटर अग्लो , पुल्ली पुल ४८५ मिटर र एचीपुल ४३४ मिटर अग्लो रहेको छ । चिनको यी चार वटा पुल पस्चात नेपालको अग्लो झोलुङगे पुल भनेर भनिदै आएको पर्बत कुश्माको पुल भएको दाबी गर्दै आएकोमा उक्त पुल भन्दा पनि मनाङको यो झोलुङगे पुलको उचाई बढी भएको नाशोङ गाउँपालिकाका प्राबिधिक टोलीहरुले दाबी गरेका छन ।
नेपालकै अग्लो भनिएको पर्वत कुश्माको पुलको उचाई १६६ मिटर छ भने मनाङको नाशोङ गाउँपालिकाको ताम्राङ पुलको उचाई ४१२ भएको प्राबिधिक पाण्डेको भनाई छ । यसको राम्रो प्रचार प्रसार गर्न सके आन्तरिक तथा बाहिय पर्यटकहरु बढी आन्तरिक आयमा बृद्धि गर्न सकिने सम्भावना रहेको भन्दै पुलको प्रचार प्रशार गर्न नाशोङ गाउँपालिका २ का वडा अध्यक्ष भीम बहादुर गुरुङले आग्रह गरे ।
गाउँलेहरुलाई हिँडडुल गर्न चार बर्ष अगाडि बनाईएको यस पुलबाट मनास्लु पदमार्गमा पनेृ झेलुङ्गे पुल लार्के पास र भोटमा नुन लिन जाने पुरानो पदमार्ग हो । खोलामा पुल नहुदा अति जोखिम र असुरक्षित यात्रा गर्न बाध्य भएका स्थानीहरुको समस्यालाई थप मध्यनजर गरि २०७२ सालमा उक्त स्थानमा पुल निर्माण गरिएको हो ।
नाशोँ गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले तिलिचो ताल जस्तै यो पुललाई पनि बिश्वमा चिनाउन सरकारसंग आग्रह गरेका छन् भने गाउँपालिकाले पनि सक्दो काम तथा सहयोग गर्ने बताए ।
सम्बन्धित खबर
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
स्याङ्जामा बेवारिसे एकनाले भरुवा बन्दुक फेला
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो