नेगम परियार, मनाङ । हिमाली जिल्ला मनाङमा सरसफाई अभियान चलेको छ । निजामती कर्मचारी दिवसको अवसरमा मनाङ जिल्लाको सदरमुकाम चामे बजारमा आज सरसफाई गरिएको हो । चामेको नमस्ते गेटबाट चामे गाउँपालिका सम्मको क्षेत्रमा सरसफाई गरिएको हो ।
निजामती कर्मचारी दिवशको अवसरमा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले, चामे गाउँपालिकाकावासी, कर्मचारी, सुरक्षाकर्मी बित्तिय संस्था, ब्यापारी संघ संस्था , स्थानिय तहका प्रतिनिधिहरु, आमा समुह बिद्यालय परिवार लगायत सर्वसाधारणको उपस्थितिमा सरसफाई गरिएको कर्मचारी मिलन केन्द्र चामे मनाङका अध्यक्ष खुलानाथ गौतमले जानकारी दिए ।
यसरी नै अब साप्ताहिक वा मासिक रुपमा सरसफाई अभियानलाई निरन्तरता दिनुपर्नेमा उपस्थितले जोड दिएका छन् । मनाङ जिल्ला पर्यटकीय क्षेत्र भएकोले पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने र यस्ता अभियानहरु सबै गाउँपालिका तथा गाउँगाउँमा निरन्तर गर्नु पर्ने साथै कुनै संघ संस्थाले मात्र नभई यस्ता अभियानमा स्थानीहरुबाट नै प्रतिनिधित्व गरी सबैले साथ सहयोग गरि अगाडी बढनु पर्नेमा जोड दिइयो ।

सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह