रञ्जन अधिकारी, पोखरा । बेगनासतालमा डुंगा डुब्दा मानवीय क्षति भएको छ । पछिल्लो अपडेट अनुसार दुई जनाको मृत्य भएको छ भने तीन जनालाई सकुशल उद्धार गरिएको छ । अझै तीन जना तालमै हराइरहेका छन् । स्थानीय अनुसार अर्का बालक पनि हराएका छन् । यद्यपी पुष्टि भइसकेको छैन ।
मध्यान्ह सवा १२ बजेतिर नौ-दश जना चढेको डुुंगा पल्टिएको स्थानीयको भनाई छ । प्रहरी समेत स्पष्ट भईसकेको छैन । इलाका प्रहरी कार्यालय डाँडाकोनाकका अनुसार हालसम्म दुई जनाको मृत्यु भएको हो । पोखरा २८ की ५५ वर्षीया कृष्णकुमारी बजगाईंको लेखनाथ सामुदायिक अस्पतालमा मृत्यु भएको छ । एक महिलालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पु¥याई नसक्दै मृत्यु भएको छ । अस्पतालबाट प्रहरी हवल्दार सुजन घिमिरेका अनुसार अन्दाजी ३५–४० वर्षकी ति महिलाको सनाखत भएको छैन । उनी तनहुँ भिमादकी जमुना गैह्रे भएको एक स्थानीयले बताए । प्रहरीले भने पुष्टि गरिसकेको छैन ।
उद्धार गरिएका पोखरा ३१, बेगनासगाउँ निवासी ५५ वर्षीय कमलराज कँडेल (गणेश) को अवस्था गम्भिर छ । सपना खनाल र निशा पौडेलको सकुशल उद्धार गरिएको छ । नवलपरासी गैडाकोटबाट तीज मान्न माइत आएकी सपनाका श्रीमान र दुई छोरा वेपत्ता छन् । उनीहरु शिव खनाल, रवि खनाल र शंकर खनाल हुन् । स्थानीयका अनुसार नवराज पौडेलका छोरा ८ वर्षीय प्राचिन पौडेल पनि वेपत्ता छन् । डुंगामा चार जना बच्चा रहेको प्रत्यक्षदर्शीको भनाई छ । प्रहरीले भने अहिलेसम्म ति बच्चाक बारे थाहा पाउन नसकिएको जनायो ।

डुंगाबाट एक बालक तालमा खसेपछि उनलाई बचाउने क्रममा अनियन्त्रित भएर डुंगा पल्टिएको प्रहरीले जनाएको छ । बेगनास वारीबाट पारीतर्फ कमलराज कँडेलको घरमा तीजको दर खान जाने क्रममा डुंगा लिब्दी टुँडा नजिकै दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार गोताखोरको टोली खटिएका छन् । सशस्त्र, प्रहरीहरु बाक्लो मात्रामा परिचालित भएका छन् । कास्कीका प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए । अहिले एसपी रानासहितको टोली उद्दारका लागि घटनास्थलमा खटिएको छ । एसपी रानाले गोताखोरको माध्यमबाट बेपत्ता रहेकाहरुको खोजी भइरहेको जानकारी दिए । ५ जना भारवहन क्षमता रहेको डुंगामा बालबालिका सहित नौदश जना चढेका थिए । उनीहरु लाइफ ज्याकेट विना नै डुंगा चढेको प्रहरीले जनाएको छ ।

तस्विरः सुवर्ण बराल
अपडेटका लागि हामीसँगै रहनुहोला ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’