पोखरा । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासलाई आधारमा मानी आफ्ना क्रियाकलापहरु संचालन गर्दै आइरहेको जेसीज युवाहरुको विश्वव्यापी सञ्जालको रुपमा परिचित छ ।
नेपालमा मात्रै ५४ वर्ष पूरानो इतिहास बोकेको यस संस्थाको आफ्नै बिशेष गरिमा बोकेको पाईन्छ । नेपालभरी छरिएर रहेका शाखाहरुलाई ४ क्षेत्रमा बाँडिएको छ । जसमा हेटौंडा, बिरगंज, चितवन हुँदै गण्डकी साविक गण्डकी र धौलागिरी अञ्चल क्षेत्रका ३२ वटा शाखाहरुको क्षेत्र ‘ख’ सम्मेलन आगामी असोज ५ र ६ गते पर्वतको कुस्मामा हुँदैछ ।
होष्ट च्याप्टरको रुपमा पर्बत जेसीजले तयारी गरिरहेको छ । तयारी अन्तिम चरणमा पुगेको सम्मेलन निर्देशक तथा पर्बत जेसीजका पूर्व अध्यक्ष बसन्त कुमार कर्माचार्यले जानकारी दिए । कुष्मा सानो ठाउँ भएपनि सम्मेलनमा आउनेलाई कुष्माबासीबाट न्यानो आतिथ्यता दिई अविष्मरणीय बनाउन कुनै कसर नराख्ने पर्वत जेसीज वर्ष २०१८ का अध्यक्ष जेसी राजन जोशीको भनाई छ ।
उक्त कार्यक्रममा यस वर्षका नेपाल जेसीजका अध्यक्ष जेसीआई सिनेटर श्रीधर बस्यालको प्रकरण ‘yes we shine by rising responsibility’ भन्ने प्रकणरमा थिम सेमिनार समेत हुने र सेमिनारमा वक्ताका रुपमा बद्री पाण्डे र ठाकुर गैह्रैको समेत उपस्थिती रहने भएको छ । उक्त सम्मेलनमा डेलिगेट्स र अन्य आगन्तुक पाहुनाहरु गरी सात सय जना सम्मको उपस्थिती रहने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
पर्वत जिल्ला ईन्टर स्कुल टि–२० क्रिकेट प्रतियोगिता सुरुः नारायण मावि र सरस्वती माविको विजय सुरुवात
पर्वतका ३१ विद्यालयमा विद्यार्थी शून्य, रित्ता विद्यालयमा अझै शिक्षक
पर्वतको लाङ्दीमा पहिरोमा घर पुरिँदा श्रीमान श्रीमतीको मृत्यु
कुश्माबजारको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन
एमाले गण्डकीको विज्ञप्तिप्रति पर्वत जिल्ला कमिटीको आपत्ति
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो