पोखरा । पोखरामा ७० वर्षीया वृद्धा बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । वृद्धा बलात्कृत भएको आफन्तले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् ।
जाहेरीपछि छिमेकी ४५ वर्षीय रेवतीरमण पाण्डे पक्राउ परेकाे प्रहरीले जानकारी दिएकाे छ । पाण्डेलार्इ तनहुँकाे खैरेनीबाट पक्राउ गरिएकाे हाे ।
रक्सीले मातेका पाण्डेले बुधबार दिउँसो १ः४५ बजे बलात्कार गरेको बताइएको छ । श्रीमती माइत गएका बेला पाण्डेले बृद्धालाई घरकै कोठामा थुनेर जबरजस्ती गरेको स्थानीयको भनाइ छ ।
एउटै घरको फरक कोठामा बस्ने पाण्डेले वृद्धाको छोरा सामान किन्न बेगनासताल चोक गएका बेला ढोका थुनेर बलात्कार गर्न थालेको भन्दै स्थानीय एक युवकले वृद्धाकी छोरालाई खबर गरेका थिए । उनको छोरा आउन्जेलसम्म पाण्डे र वृद्धा कोठाभित्रै थिए । भित्रबाट चुकुल लगाइएको थियो ।
ति वृद्धाको छोरोले ढोका खोलेर पाण्डेलाई कुट्न थालेपछि पाण्डे उम्केर साइकल लिएर भागेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । बृद्धाको स्वास्थ्य परीक्षणको काम भैरहेको छ ।
सम्बन्धित समाचार
http://gandaknews.com/rape-lekhnath/
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु