पोखरा । पोखरा १७ रातो पहिरोमा २५ बर्षीया युवती मृत फेला परेकी छिन् । पोखरा महानगरपालिका २४ पामे घर भई पोखरा – ६ जरेवरमा डेरा गरी बस्दै आएकी माया बोधी लामा मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।
गत २५ गतेदेखि बेपत्ता भएकी लामा रातो पहिराको कुलोमा विहीबार मृत भेटिएकी हुन् । एक स्थानीयका अनुसार उनी हल्लनचोक स्थित पोखरा भिलेजमा आयोजना गरिएको पार्टीबाट साँझ साढे ७ बजे निस्किएकी थिईन् । लामा हेल्पिङ ह्याण्ड स्पामा काम गर्ने गरेको ति स्थानीयको भनाई छ ।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।
पर्वतमा शव फेला
कुश्मा नगरपालिका १ शहस्रधारा नजिकै कालिगण्डकी नदीको किनारमा हालसम्म नाम, थर, वतन नखुलेको अन्दाजी ४० वर्षीया महिलाको शव फेला परेको छ ।
महिलाको शव रहेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई गई घटनाका विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
नागढुंगा ओरालोमा मोटरसाईकलले ठक्कर दिँदा एक घाईते
पोखरा ८ नागढुंगाको ओरालोमा मोटरसाईकलले ठक्कर दिँदा १ जना घाईते भएका छन् । नम्बर नखुलेको मोटरसाईकलको ठक्करबाट पैदलयात्रा गरिरहेका १८ बर्षिय लक्ष्मण श्रेष्ठलाइ ठक्कर दिएको हो ।
उनको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाईकलको खोजी भइरहेको छ ।
स्याङ्जामा सवारी दुर्घटनामा ५ जना घाईते
स्याङ्जा पुतलीबजार नगरपालिका ७ काफलबुटा भन्ने स्थानमा बेसिगाउँबाट तनहुँको दुलेगौडातर्फ जाँदै गरेको ग१ज ५०५२ नं. को जिप सडकबाट अन्दाजी १० मिटर तल खस्न जाँदा जिपमा सवार चालक सहित ६ जना मध्ये ५ जना घाइते भएका छन् ।
घाईते हुनेहरुमा पुतलिबजार नगरपालिका ७ कि १२ वर्षीया रितु के.सि., चन्द्र कु.गुरुङ, कविता गुरुङ, वर्ष ४३ को हुम ब. गुरुङ र ३८ वर्षीया रुपा गुरुङ रहेका छन् । घाईते भएका सबै जनाको जिल्ला अस्पताल स्याङ्जामा उपचार भइरहेको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’