पोखरा । कास्कीको नौडांडा घर बताउने तीन बालबालिका पोखरामा अलपत्र परे । एकैघरका समर परियार, सूर्य परियार र सलिना परियार मंगलबार मध्यान्ह १२ बजेदेखि पोखरामा अलपत्र परेका हुन् । उनीहरुको उमेर क्रमशः ११ वर्ष, १० वर्ष र ६ वर्ष रहेको छ ।
राति पर्दै गएपछि रुँदै गरेकी सानी बहिनीका साथमा दाजुभाइलाई न्यूरोड स्थित पद्म नर्सिङ होम अगाडि भेटिएको त्यहाँका स्टाफ समेत रहेका पत्रकार कृष्ण आचार्य रचितले जानकारी दिए । दिनभर भोकभोकै अवस्थामा रहेका उनीहरुलाई खाजा खुवाउँदै परिवारका बारेमा सोधखोज गरिएको थियो ।
बालबालिका अलपत्र अवस्थामा भेटिएको बारेमा जिल्ला प्रहरी कार्यालय कास्कीमा खबर गरिएको छ । बालबालिकाका अनुसार बुबा आमा समेत पोखरा तिरै छन् । घरमा ठूलो दाइ र भाउजु रहेको र उनीहरुले निकालेको बालबालिकाको भनाई छ । ‘कालेदाइ र भाउजुले घर छाडेर जा भन्नुभाको । गोरे दाइ पनि पोखरामै हुनुहुन्छ ।’- समर र सूर्यले भने । बाग्लुङ बसपार्कमा आफन्त रहेको तर घर नचिनेको उनीहरुले बताएका छन् ।
आमा चार-पाँच दिन अगाडि काम गर्न पोखरा झरेको उनीहरु बताउँछन् । उनीहरुले बुबाआमाको नाम वीरबहादुर र राधिका परियार बताएका छन् । अहिले उनीहरुलाई प्रहरीको जिम्मामा पठाइएको छ ।


तस्विरः कृष्ण आचार्य ‘रचित’
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु