पोखरा । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह–इन्चार्जको नाम टुंग्याएको छ । शुक्रबार विहान बसेको सचिवालय बैठकले सातै प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँट गरेको हो ।
गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ इन्चार्जको जिम्मेवारी पाएकाा छन् भने हितराज पाण्डेले अध्यक्षको जिम्मेवारी पाए । गुरुङ साविक एमालेका केन्द्रिय सचिव हुन् । उनी हाल गण्डकी प्रदेशको मुख्यमन्त्रीको रुपमा कार्यरत छन् ।
यस्तै प्रदेशको अध्यक्ष बनेका पाण्डे साविक माओवादीका नेता हुन् । प्रदेशको सह इन्चार्जमा खगराज अधिकारी र सचिवमा गोविन्द नेपाली चयन भएका छन् ।
अन्य प्रदेश
प्रदेश १:
इन्चार्ज भीम आचार्य, अध्यक्ष देवराज घिमिरे
सहइन्चार्ज साबित्री कुमार काफ्ले, सचिब सुरेश बहादुर राई
प्रदेश २
इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभू साह
सहइन्चार्ज विश्वनाथ साह, सचिब सुमन प्याकुरेल
प्रदेश ३
इन्चार्ज अष्टलक्ष्मी शाक्य, अध्यक्ष हितमान शाक्य
सहइन्चार्ज नारायण दाहाल, सचिब आनन्द पोख्रेल
प्रदेश ५
इन्चार्ज शंकर पोख्रेल, अध्यक्ष ओनसरी घर्ती
सहइन्चार्ज दलबहादुर राना, सचिब जग प्रसाद शर्मा
कर्णाली प्रदेश
इन्चार्ज जनार्दन शर्मा, अध्यक्ष गोरख बहादुर बोगटी
सहइन्चार्ज यमलाल कंडेल, सचिब यामप्रसाद शर्मा
प्रदेश ७
इन्चार्ज भीम रावल, अध्यक्ष कर्ण थापा
सहइन्चार्ज लक्ष्मणदत्त जोशी, सचिब नेप चौधरी
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो