गत वैशाख महिनामा पोखरा महानगरपालिकाले एउटा विज्ञ समूह गठन गर्यो। सुन्दर पोखरालाई थप व्यवस्थित र सुन्दर बनाई राख्न, घर निर्माणमा मापदण्ड तयार गर्न विज्ञ समूह गठन गरिएको थियो। प्रा.डा. भरत पहारी विज्ञ समूहको संयोजक बने ।
उनै पहारी महानगरले गरेको नक्सापासलाई बेवास्ता गरी लेकसाइडमा नौतले घर ठड्याइरहेका छन्। पोखरामा केही वर्ष यता नै तीन तलासम्मको मात्र घर बनाउन नक्सापास हुँदै आएको छ। केहीले नक्सापाससम्बन्धी व्यवस्थालाई बेवास्ता गरी धमाधम गगनचुम्बी घर निर्माण गरिरहेका छन्। तर, विज्ञ समूहको संयोजक नै मापदण्डलाई बेवास्ता गरी नक्सापास गरे भन्दा धेरै तला अग्लो घर बनाईरहेका हुन् ।
पहारीले आफूलाई फाइदा हुने हिसाबले महानगरपालिकालाई प्रतिवेदन बुझाएका छन्। महानगरले गठन गरेको विज्ञ समूहले गत साउनमा नै अध्ययन प्रतिवेदन बुझाएर पोखरामा ४० तले सम्म घर बनाउन सकिने बताएको छ। ‘हामीले थुप्रो मिहिनेत गरेर, पसिना चुहाएर प्रतिवेदन बनाई महानगरलाई बुझाएका छौँ, विज्ञ समूहका संयोजक पहारीले भने ‘पोखरामा २० तले, ३० तले, ४० तले घर बनाउन सकिन्छ। हामीले कसैको सनकको भरमा अध्ययन गरेर प्रतिवेदन बनाएका होइनौँ। पोखराको थप सुन्दरता कायम राख्न हाम्रो प्रतिवेदनले सहयोग गर्छ।’
पहारी भने बस्ती विकास ऐन २०७० अनुसार आफूले नौ तले घर निर्माण गरिरहेको बताउँछन्। महानगरपालिकाभित्र निर्माण भएका घरहरूले मापदण्ड पूरा नगरेको महानगर स्वीकार्छ। ‘यहाँ मापदण्ड एकातिर छ, काम अर्काेतिर छ,’
पोखरा महानगरपालिकाका सूचना अधिकारी गंगालाल सुवेदीले भने, ‘पोखरा महानगरपालिका भित्र घर बनाउन दुई वटा मापदण्ड तयार भएको छ, लेकसाइडमा दुईतलेभन्दा ठूला घर बनाउन नपाइने र अन्य क्षेत्रमा ३५ फिट सम्मको उचाइमा घर बनाउन पाइने। ३५ फिटमा तीन तले घर बनाउन सकिन्छ।’
दुई तले मात्र घर बनाउन पाइने ड्यामसाइटमा सात तले घर बनिरहेको सूचना महानगरलाई पुगे पनि महानगर केही गर्न सक्ने स्थितिमा छैन। ‘ड्यामसाइटमा पनि साततले घर बनिरहेको छ रे’, सुवेदीले भने, ‘पोखराको सुन्दरता नबिगार्न महानगरले चालेको कदमलाई कतैबाट सहयोग भएन।’
थाहा खबरका लागि पोखरा संवाददाता सन्तोष अधिकारीले लेखेको समाचार साभार ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’