पोखरा । आफ्नो गाउँठाउँमा सडक आउनु नै विकास भन्ने ठानिन्छ । हरियाली जंगल फाँडेर रातै डाँडो बनाउन तयार हुन्छौं, पहिरोको संकट निम्त्याउन पनि तयार हुन्छौं । आफ्नै जग्गा बाटोलाई दिन तयार हुन्छौं, श्रमदान गर्न पनि तयार हुन्छौं । तर, अन्नपूर्ण आधार शिविरका स्थानीय भने ३० वर्षसम्म सडक बनाउन नदिने निर्णय गरेका छन् ।
यद्यपी यो निर्णय अन्नपूर्ण पदमार्गलाई जीवन्त राख्नका लागि हो । झिनुडाँडा भन्दामाथि अन्नपूर्ण आधार शिविरतर्फ सडक खन्न नदिने उनीहरुको निर्णय छ । सडक निर्माणले अन्नपूर्ण पदमार्ग नै हराउन थालेपछि सडक ट्रयाक नखोल्ने निर्णय गरेका हुन्।
‘गाउँलेले स्वतस्फूर्त बेसक्याम्पसम्म सडक लैजान हुन्न भनेर निर्णय गरेको हो’ अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले भने, ‘झिनुडाडा भन्दामाथि अन्नपूर्ण आधार शिविरतर्फ आगामी ३० वर्ष सम्म मोटर बाटो नखन्ने, मोटर बाटो नलाने निर्णय भएको छ।
गाउँका हरेक घरका मानिसले हस्ताक्षर गरेर मोटरबाटो लैजान हुन्न भनेपछि गाउँपालिकाले गाउँलेको मागलाई सम्बोधन गरेको हाे।’ स्थानीयको सर्वसम्मत निर्णयलाई स्वागत गर्दै गाउँपालिका, टान पश्चिमाञ्चलले सो निर्णय विपरित कुनै कार्य भएमा संयुक्त रुपमा प्रतिकार गरी अन्नपूर्ण आधार शिविर पदयात्रालाई मोटर वाटोको अतिक्रमणबाट जोगाउने निर्णय समेत भएको अध्यक्ष कुँवरले बताए।
मर्दि हिमाल ट्रेक र अन्नपूर्ण आधार शिविर पदयात्रा जोड्न अन्नपूर्ण गाउँपालिकाले आठ लाख रुपैयाँ समेत विनियोजन गरेको अध्यक्ष कुँवरले जानकारी दिए। गतवर्ष गाउँपालिकाले मद्रि हिमालको फोरेष्ट क्याप्पवाट लान्द्रुक जोड्न तीन लाख रुपैयाँ विनियोजन गरी पदमार्ग बनाउने काम गरेको थियो। यस वर्षको आठ लाख रुपैयाँले पदयात्रामा आवश्यक पूर्वाधार निर्माण गरिने उनले बताए।
त्यस्तै टान र गाउँपालिकाले टाढापानी क्षेत्रमा मजदुरसँग खानाबापत लिइने रकमको कुपन प्रणाली पनि स्थगित गरेको छ। अन्नपूर्ण गाउँपालिकाभित्र रहेका सबै होटल तथा रेष्टुरेन्टहरूमा स्थानीय कोदोको परिकार मेनुमा नै अनिवार्य गरिएको समेत अध्यक्षले जानकारी दिए। अन्नपूर्ण आधार शिविर पदयात्राको विभिन्न ठाउँमा रहेको १५ वटा बाँसका फड्केहरूलाई वर्षमा कम्तीमा दुईवटाका दरले पक्की संरचना बनाई फड्के विस्थापित गर्ने कार्यक्रम गाउँपालिकाले ल्याएको उनको भनाई छ।
‘यो रुटमा १५ वटा बाँसका फड्केहरू छन्’ उनले भने,‘अब फड्केहरू वर्षको दुई वटाको दरले विस्थापित गर्दै पक्की संरचना बनाइन्छ।’ त्यस्तै पोडेताल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न टान पश्चिमाञ्च र गाउँपालिकाबीच सहकार्य गर्ने सहमति समेत भएको छ।

सम्बन्धित खबर
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?