पोखरा । गत भदौ २३ गते मात्रै बेगनासतालमा डुंगा पल्टेर तिजे पाहुना सहित ८ जनाको ज्यान गयो । दुई हप्ता नपुग्दै अर्को दुर्घटना भयो तर भाग्यवश सबैको ज्यान जोगिएको छ । आज पूर्वान्ह जलकुम्भी पन्छाउने मेसिन पल्टिँदा त्यसमा सवार झण्डै दर्जन जतिको ज्यान जोगिन सफल भएको हो ।
दुर्घटनामा परी घाइते भएका वेगनास युवा क्लबका अध्यक्ष राम बहादुर रानाभाट र डुंगा व्यवसायिक समितिका अध्यक्ष सोमराज कंडेलको अहिले लेखनाथ सामुदायिक लायन्स अस्पतालमा उपचार भइरहेको छ भने अन्यको अवस्था सामान्य रहेको बताइएको छ ।
दुर्घटनामा पोखरा ३१ का वडा अध्यक्ष कमल बहादुर थापा, वडा सदस्य विष्णु बहादुर भुजेल, वडा नं.३१ का इन्जिनियर विमल आचार्य, पत्रकार नवराज सापकोटा, डुंगा व्यवसायिक समितिका सदस्य सविन सापकोटा, मत्स्य व्यवसायिक समतिका अध्यक्ष राजेन्द्र जलारी र ज्ञानु जलारी जलकुम्भि फाल्ने मेशिनमा रहे पनि उनिहरुको सकुसल उद्धार गरिएको थियो । बेगनास क्लब अध्यक्ष रानाभाटको घुँडामा चोट लागेको छ । पत्रकार सापकोटाको निधार र हातमा सामान्य चोट लागेको छ ।
सवैको अवस्था सामान्य रहेको घाइतेहरुले जनाएका छन् । सरसफाइमा जुटेका पत्रकार नवराज सापकोटाले लेखेका छन् ‘तालमा डुवियो, निकै संघर्ष पछि बच्न सफल भईयो ।’
बेगनासताल वृहत सफाईको २९ औं हप्ता चल्दै थियो । जलकुम्भी झार फेवाताल मात्र होईन, बेगनास तालको रोग पनि भएको छ । बिहानैदेखि बेगनास, लेखनाथ क्षेत्रका सामाजिक व्यक्तित्वहरु तालको सफाईमा जुटे । सामूहिक रुपमा पन्छाउँदै थिए । पोखरा महनागरको ताल सफा गर्ने मेसिन पनि प्रयोगमा ल्याइयो । जलकुम्भीको ठूलो झाडी नै भएको स्थानमा मेसिनले जलकुम्भी पन्छाउन लाग्यो । एक्कासी मेसिन दायाँ तर्फ कोल्टियो । दर्जनजति व्यक्ति तालमा खसे ।
तालको बीच भागतिर भएको भए यतिका व्यक्ति जोगिन सक्थे ? यदि मेसिनले नै च्यापेको भए ? तालमुनि झाडीमा फस्न पुगेका भए ? धन्न यस्तो केहि भएन र ज्यान जोगियो । कसरी पल्टियो मेसिन ? झाडीमा मेसिन अल्झेको हुन सक्छ । दर्जन जति व्यक्ति मेसिनमाथि देखिन्छन् । ओभरलोड वा डिस्ब्यालेन्स ? यसतर्फ ध्यान दिएको देखिन्न ।
https://www.facebook.com/gandaknews/videos/300144997447443/
भदौ २३ गते डुंगा डुबिसकेपछि पनि डुंगा शयर गर्दा लाइफ ज्याकेट खै ? भन्दै सामाजिक सञ्जालमा प्रश्नहरु आइरहेको छ । तालमा सावधानी अपनाउनुपर्ने खाँचो देखिएको छ ।




Pic: Ram Ranabhat
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्