पोखरा । गत भदौ २३ गते मात्रै बेगनासतालमा डुंगा पल्टेर तिजे पाहुना सहित ८ जनाको ज्यान गयो । दुई हप्ता नपुग्दै अर्को दुर्घटना भयो तर भाग्यवश सबैको ज्यान जोगिएको छ । आज पूर्वान्ह जलकुम्भी पन्छाउने मेसिन पल्टिँदा त्यसमा सवार झण्डै दर्जन जतिको ज्यान जोगिन सफल भएको हो ।
दुर्घटनामा परी घाइते भएका वेगनास युवा क्लबका अध्यक्ष राम बहादुर रानाभाट र डुंगा व्यवसायिक समितिका अध्यक्ष सोमराज कंडेलको अहिले लेखनाथ सामुदायिक लायन्स अस्पतालमा उपचार भइरहेको छ भने अन्यको अवस्था सामान्य रहेको बताइएको छ ।
दुर्घटनामा पोखरा ३१ का वडा अध्यक्ष कमल बहादुर थापा, वडा सदस्य विष्णु बहादुर भुजेल, वडा नं.३१ का इन्जिनियर विमल आचार्य, पत्रकार नवराज सापकोटा, डुंगा व्यवसायिक समितिका सदस्य सविन सापकोटा, मत्स्य व्यवसायिक समतिका अध्यक्ष राजेन्द्र जलारी र ज्ञानु जलारी जलकुम्भि फाल्ने मेशिनमा रहे पनि उनिहरुको सकुसल उद्धार गरिएको थियो । बेगनास क्लब अध्यक्ष रानाभाटको घुँडामा चोट लागेको छ । पत्रकार सापकोटाको निधार र हातमा सामान्य चोट लागेको छ ।
सवैको अवस्था सामान्य रहेको घाइतेहरुले जनाएका छन् । सरसफाइमा जुटेका पत्रकार नवराज सापकोटाले लेखेका छन् ‘तालमा डुवियो, निकै संघर्ष पछि बच्न सफल भईयो ।’
बेगनासताल वृहत सफाईको २९ औं हप्ता चल्दै थियो । जलकुम्भी झार फेवाताल मात्र होईन, बेगनास तालको रोग पनि भएको छ । बिहानैदेखि बेगनास, लेखनाथ क्षेत्रका सामाजिक व्यक्तित्वहरु तालको सफाईमा जुटे । सामूहिक रुपमा पन्छाउँदै थिए । पोखरा महनागरको ताल सफा गर्ने मेसिन पनि प्रयोगमा ल्याइयो । जलकुम्भीको ठूलो झाडी नै भएको स्थानमा मेसिनले जलकुम्भी पन्छाउन लाग्यो । एक्कासी मेसिन दायाँ तर्फ कोल्टियो । दर्जनजति व्यक्ति तालमा खसे ।
तालको बीच भागतिर भएको भए यतिका व्यक्ति जोगिन सक्थे ? यदि मेसिनले नै च्यापेको भए ? तालमुनि झाडीमा फस्न पुगेका भए ? धन्न यस्तो केहि भएन र ज्यान जोगियो । कसरी पल्टियो मेसिन ? झाडीमा मेसिन अल्झेको हुन सक्छ । दर्जन जति व्यक्ति मेसिनमाथि देखिन्छन् । ओभरलोड वा डिस्ब्यालेन्स ? यसतर्फ ध्यान दिएको देखिन्न ।
https://www.facebook.com/gandaknews/videos/300144997447443/
भदौ २३ गते डुंगा डुबिसकेपछि पनि डुंगा शयर गर्दा लाइफ ज्याकेट खै ? भन्दै सामाजिक सञ्जालमा प्रश्नहरु आइरहेको छ । तालमा सावधानी अपनाउनुपर्ने खाँचो देखिएको छ ।




Pic: Ram Ranabhat
सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते