महेन्द्र जिसी, पर्वत । मासु जाँच ऐन २०५५ अनुसार पशुु बध गर्दा मापदण्ड पुगेका बधशाला वा बध स्थलमा पशुहरुको स्वाथ्य जाँच गरेर मासुका लागि पशु बध गरिनुपर्छ । तर पर्वत सदरमुकामा भने जथाभावी व्यवसायीहरुले पशु बध गराउँदा दुर्गन्ध फैलिएको छ । त्यसमा पनि एउटै वडामा तीन तीन स्थानमा पशु बध गराउँदा फोहोर व्यवस्थापन हुन सकेको छैन ।
स्थानीयले धार्मीक स्थल र विद्यालय आसपासमा विना अनुमती मापदण्ड बाहिर रहेर बधशाला निर्माण गर्दा दुर्गन्ध फैलाएको भन्दै नगरपालिकामा उजुरीको समेत प्रकृया थालिएको बताएका छन् ।
वडा नं. ४ मा रहेको आदर्श आवाशीय मावि नजिकै बधशाला निर्माण गरिएको भन्दै आदर्श आवाशिय माविले विरोध गरेको छ । बालबालिकाहरुले देख्ने गरी पशु बध गर्दा बालबालिकाहरुमा समेत असर पुगेको बताउँदै विद्यालयले विद्यालय आसपासमा फोहोरको दुगन्र्ध फैलिएको बताएको हो ।
स्थानीय सरकारलाई नियन्त्रणको लागि निवेदन दिएको विद्यालयका प्रिन्सीपल हिम बहादुर पौडेलले जानकारी दिए । नारायण स्थान मन्दीर नजीकै पनि बध शाला निर्माण थालिएका कारण सफा राख्नु पर्ने मन्दीर र मन्दीरमा आउने दर्शनार्थी पुजारीमा समेत दुर्गन्धको असर पुगेको नारनस्थान मन्दीरले जनाएको छ ।
चारै तर्फ देखी उजुरी आएका कारण नियन्त्रणको लागि स्थानीय प्रशासन र प्रहरीसँग सहकार्य गरेर अनुमती नपाएका बधशाला नियमन गरीने वडा नं. ४ ले जनाएको छ । वडा सचिव जगत जोशीले कुनै पनि संरचना निर्माण गर्दा वाडाको अनुमती लिनु पर्ने भन्दै अनुमती नै नलिई अवैध ढंगले बधशाला निर्माण गरीनु गलत भएको र तत्काल प्रशासनको अनुमतीमा रोक लगाईने बताए ।
स्कुल तथा मन्दिरको आसपासमा लुकेर व्यवासयीहरुले ठुला पशु बध गर्न बध शाला निर्माण गर्दा फोहोर सँगै बाल मनोविज्ञानमा समेत असर पुगेको बताएका छन् ।
नगरपालिकाले भने वडामा निर्माण गरिएका बधाशाला मध्ये एउटाले मात्र अनुमती पाएको अन्यले आँफुखुशी विना मापदण्ड निर्माण गरेका कारण नियमनको खाँचो रहेको बताएको छ । नगर पशु विकास अधिकृत विश्वनाथ गौतमले मन्दीर र विद्यालय आसपासमा निर्माण हुन लागेका बधशालाहरु विना मापदण्ड र विना अनुमतीका भएका कारण तत्काल नियन्त्रण हुनुपर्ने बताए ।
धमाधम अबैध रुपमा वधशाला निर्माण हुन लागेपछि कुश्मा नगर पालिका ४ का स्थानीयले गुनासो गर्न थालेपनि सरसफाईको क्षेत्रमा काम गदैै आएको एकता युवा क्लवले समेत वडामा दुर्गन्ध फैलाउने व्यवसायीलाई कार्वाहीको माग समेत गरेको छ ।
स्थानीयलाई असर पुग्ने गरी कुनै पनि संरचना बनाईनु नराम्रो पक्ष भएको अध्यक्ष अचुती तिवारीले बताउनु भयो । वाडा न ४ मा मात्रै तीन वटा बधशाला निर्माण हुनुले दुर्गन्धसँगै रोगको महामारी बढेको वडाबासीहरुले गुनासो गरेका छन् ।
सम्बन्धित खबर
पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
पर्वत जिल्ला ईन्टर स्कुल टि–२० क्रिकेट प्रतियोगिता सुरुः नारायण मावि र सरस्वती माविको विजय सुरुवात
पर्वतका ३१ विद्यालयमा विद्यार्थी शून्य, रित्ता विद्यालयमा अझै शिक्षक
पर्वतको लाङ्दीमा पहिरोमा घर पुरिँदा श्रीमान श्रीमतीको मृत्यु
कुश्माबजारको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु