गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
रञ्जन अधिकारी, पोखरा । पोखरा महानरगपालिका–२२ पुम्दीभुम्दीको कोदी भन्ने स्थानमा आज (मंगलबार) सबेरै बालिका मृत भेटिइन् । १० वर्षीया श्रेया बिक (सुनार) हिजो साँझ साढे ६ बजेदेखि घर फर्केकी थिईनन् । आफन्तले राति सम्म खोजी गर्दा भेट्टाएनन् । तर बिहानै श्रेया मृत अवस्थामा भेटिइन् ।
मंगलबार बिहान ८ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मामा घरबाट पसलतिर जाने बाटोमा पर्ने खोल्सा छेउको झाडीमा शव भेटिएको हो । स्थानीयका अनुसार श्रेया बिस्कुट किन्न भनेर पसलतिर गएकी थिईन्, तर फर्केर आईनन् ।
झाडीमा शव घोप्टो परेको अवस्थामा थियो । बालिकाको निधारमा ढुंगाले हानेर हत्या भएको अनुमान गरिएको छ । शवको छेउमै रगत लागेको ढुंगा भेटिएको छ । तलको कपडा खोलिएको र माथिल्लो भागको कपडा घाँटीसम्मै सोहोरिएको छ ।
बाबुले दोस्रो बिहे गरे पछि उनी आमासँगै मामाघरमा बस्दै आएकी थिइन् । उनी स्थानीय लीला आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्दै आएकी थिइन् । बिरामी रहेकी आमा बेले बिक डेढ महिना अघिमात्रै उपचार गराएर घर फर्केकी थिईन् ।
छाेरीकाे मृत्यु पछि भाविह्वल बनेकी अामा बेले बिक।
स्थानीयले खबर गर्ने बित्तिकै प्रहरी घटनास्थल पुगेको थियो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले हत्या भएको देखिएपनि रेप भएको बारे पोष्टमार्टम रिपोर्टपछि नै थाहा हुने बताए । बलात्कारपछि हत्या हो ? भन्ने ‘मर्डर भएको छ । रेप भन्ने कुरा प्रहरीले कसरी बताउने ? पोष्टमार्टमका लागि हस्पिटल ल्याइएको छ । रिपोर्टले नै बताउँछ ।’ डिएसपी कार्कीले भने ।
घटनाबारे थप बुझ्न खोज्दा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम रानाले फोन काटिदिए भने प्रवक्ता डिएसपी रबीन्द्रमान गुरुङको फोन उठेन ।
स्थानीय आन्दोलित
स्थानीयले बलात्कार गरेर हत्या गरेको हुनसक्ने अनुमान गरेका छन् । हत्यारालाई तुरुन्त पक्राउ गर्नुपर्ने, पोष्टमार्टमका लागि शव लैजान दिँदैनौं भन्दै स्थानीयले धेरै समय प्रहरीलाई शव उठाउन समेत दिएन । नाराबाजी गर्दै गाउँ नै उल्टिएर प्रहरीलाई अवरोध गरेका थिए ।
पछिल्लो दुई तस्विरः दीपक परियार/कान्तिपुर बाट सौजन्य ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन