महेन्द्र जिसी, पर्वत । स्थानीय तह कार्यान्वय पछि सडक निर्माणले तिब्रता पाएसँगै व्यवस्थित ड्राईभिङ स्कुलहरु निर्माण हुन थालेका छन् ।
खाली चौर खेल मैदान सडकमा सिकारुहले सवारी सिक्दै आएको पर्वतमा व्यवस्थित र आधुनिक प्रविधियुक्त ड्राईभिङ स्कुल सञ्चालनमा ल्याइएको हो । गाउँगाउँमा सडक निर्माण भएसँगै व्यवस्थित ड्राईभिङ स्कुलको आवश्यतालाई मध्येनजर गरेर धौलागिरीकै आधुनीक प्रविधियुक्त ड्राईभिङ स्कुल निर्माण गरिएको हो ।
कुश्मा नगरपालिका ४ छमर्केमा व्यवस्थित ड्राईभिङ स्कुल सञ्चालनमा ल्याईएको छ । साढे एघार रोपनी क्षेत्रफलमा निर्माण गरीएको ड्राईभिङ स्कुल कार र मोटरसाईकल, स्कुटरको लागि छुटटा छुटटै सिकाउने पिच निर्माण गरीएको छ ।
टा«फिक लाईट समेतको व्यवस्था गरी आधुनिक प्रविधियुक्त बनाएर विश्व बजारमा युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले ड्राईभिङ स्कुल सञ्चालकले जनाएको हो । खाली चौर, बिचबजार र खेलकुद मैदानमा सवारी सिक्ने गरिएको अवस्थामा व्यवस्थित गराउन पनि स्कुल निर्माण गरिएको स्कुलका अध्यक्ष परशुराम पुरीले बताए ।
धौलागिरीका चार जिल्लालाई लक्षित गरेर कुश्मा पोखारा राजमार्ग नजिकै शालिग्राम ड्राईभिङ एण्ड प्रि टेस्ट सेन्टर सञ्चालनमा ल्याइएको हो । एघार जना युवाहरुको लगानीमा निर्माण गरीएको ड्राईभिङ स्कुलले नजिकै ब्लू एन्जल रिर्सोट समेत सञ्चालमा ल्याएको छ ।
युवा पुस्तालाई स्वरोजगार बनाउँदै स्थानीय उत्पादनलाई बजारीककरण गराउने उदेश्यले कृषि फर्मको समेत परिकल्पना गरीएको पुरीले बताए । अहिलेसम्म स्कुलमा मात्र एक करोड भन्दा माथी लगानी भईसकेको स्कुलले जनाएको छ ।

सम्बन्धित खबर
पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
पर्वत जिल्ला ईन्टर स्कुल टि–२० क्रिकेट प्रतियोगिता सुरुः नारायण मावि र सरस्वती माविको विजय सुरुवात
पर्वतका ३१ विद्यालयमा विद्यार्थी शून्य, रित्ता विद्यालयमा अझै शिक्षक
पर्वतको लाङ्दीमा पहिरोमा घर पुरिँदा श्रीमान श्रीमतीको मृत्यु
कुश्माबजारको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु